top_rightads

Tuesday, October 28, 2014

अमिताभलाई अमेरिकी अदालतमा उपस्थित हुन आदेश

 



मुम्बई, कात्तिक ११

बलिउड अभिनेता अमिताभ बच्चनलाई एक अमेरिकी अदालतले सन १९८४ को सिख दंगामा हिंशा भड्काउन प्रेरित गरेको आरोपमा अदालतमा उपस्थित हुन आदेश दिएको छ।

उनलाई यो आदेशपत्र लस ऐन्जल्सको फेडरल अदालतले पठाएको हो। प्राप्त खबर अनुसार अमिताभ माथि यो मुद्दा उनले ३१ अक्टुवर १९८४ मा दिएको बयानका लागि लागेको हो। इन्दिरा गान्धीको हत्या भएपछि अमिताभ बच्चनले प्रतिक्रिया दिँदैं ‘हत्याको बदला हत्या’ भनेका थिए। उनीमाथि उनको सो भनाइले हिंसा भडकाउन प्रेरित गरेको आरोप लाग्दै आएको छ।

लस ऐनजल्सको संघिय अदालतले अमिताभलाई २१ दिन भित्र जवाफ दिन समय सिमा तोकेको छ। उनीविरूद्द अमेरिकामा शिखहरूको हकहितका लागि काम गर्दै आइरहेको ‘शिख फर जस्टिस’ नामक मानवअधिकारवादी संगठनले याचिका दायर गरेको थियो।

यता भारतमा भने समाजवादी पाटीका नेता एवम अमिताभ बच्चनका नजिकका हितैषी अमर सिंहले अमिताभ बच्चनको बचाउ गरेका छन। उनले एक टिभी च्यानलमा बोल्दै अमिताभलाई उक्त मामलामा मुछ्न उचित नहुने बताएका छन।

No comments:
Write comments