लूसिया कासिडी आफूलाई निक्कै भाग्यशाली संझिन्छिन् । एकै दिनमा २९ पटक हार्ट अट्याक भएर पनि उनी बाँच्न सफल छिन् ।
३४ वर्षीया लूसिया तीन बच्चाकी आमा हुन् । पहिलो चोटी हार्ट अट्याक हुँदा उनले आफुना बच्चाहरुमात्रै संझिएकी थिइन् । उनलाई तत्काल अस्पताल लगियो तर २४ घण्टामा अस्पतालमै उनलाई अरु २८ चोटी हर्ट अट्याक भयो । उनको मुटु चलाउनका लागि डाक्टरहरुले कार्डियोवर्टर डिफिब्रिलेटर (आईसीडी) फिट गरिदिएका छन् । यो पेसमेकर जस्तै यन्त्र हो । अहिले लूसियाको स्वास्थ्य पूरा ठीक छ ।
No comments:
Write comments