५ कात्तिक, बारा
बाराको आमलेखगंजमा आज बिहान साँढे आठ बजे बस र ट्रयाङ्गकर एक आपसमा ठोक्किँदा पाँच जनाको घटनास्थल मैं तत्कालै मृत्यु भएको छ ।
दर्जनौं यात्रुहरु भने गम्भीर घाइते भएका छन् । बिरगंज हेटौंडा सड्क खण्ड अन्तरर्गत बाराको आमलेखगंज र चुरिया गाबिसको सिमानामा पर्ने बडा हाकिम पुल नजिकै हेटौंडाबाट बिरगंज तर्फ आउँदै गरेको ना.२.ख.८७११ नम्बरको ट्रयाङ्गकर र बिरगंजबाट काठमाण्डौंको लागि छुटेको ना.४.ख.१५४४ नम्बरको यात्रु बाहक बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
सोहि क्रममा हेटौंडाबाटै आउँदै ना.३.ख.६२८५ नम्बरको मालबाहक ट्रक कै अगाडि भएको सो दुर्घटनालाइ देखेर चालक हत्तासिएपछि ट्रक अनियन्त्रि भइ सड्कछेउ रुखमा ठोक्किएर ट्रक दुर्घटना ग्रस्त भएको छ । ट्रकमा रहेकी एक जना महिलाको मृत्यू भएको र ट्रकका चालक गम्भीर घाइते भएका छन् ।
यता बस र ट्रयाङ्गकरमा सवार रहेका चार जनाको घटना स्थल मैं मृत्यू र दर्जनौं जना घाइते भएका छन् । भने मृतकहरुको शव छतबिच्छत भएको हुँनाले उनीहरुको अहिले सम्म सनाखत हुँन नसकेको उद्दार कार्यमा संलग्न प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेकोले उनीहरुको उपचारको लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल र क्षेत्रीय अस्पताल हेटौंडामा पठाइएको प्रहरीले बताएको छ । दुर्घटना पश्चात अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु उद्दार कार्यमा जुटेका छन् ।
बिपरित दिशामा जाँदै गरेको यात्रु बाहक बसलाइ हेटौंडाबाट आउँदै गरेको ट्रयाङ्गकरले ठक्कर दिँदा बस पूर्ण रुपमा क्षेतीग्रस्त भएको छ । भने ट्रक पनि पूर्ण रुपमा क्षेतीग्रस्त भएको छ । घटना पश्चात बिभिन्न सवारीका साधनहरुको आवत जावतमा अवरुद्ध भएको थियो ।
- See more at: http://nepaliheadlines.com
No comments:
Write comments