Friday, October 24, 2014
नेपाली डाक्टरले मृत मुटु प्रत्यारोपण गरि ऐतिहासिक सफलता हात पारे
कात्तिक, सिड्नी । अष्ट्रेलियामा कार्यरत एक नेपाली चिकित्सकले चिकित्सा बिज्ञान क्षेत्रमा ऐतिहासिक सफलता हात पारेका छन् ।
नेपाली चिकित्सक डा. कुमुद धितालले मृत्यु भइसकेका तीन जनाको मुटु बिरामीमा प्रत्यारोपण गरेर सफलता पाएका छन् ।
अहिलेसम्म ‘ब्रेन डेथ’ अर्थात दिमाग मरिसकेको तर मुटु भने चलिरहेको अबस्थाका मुटु मात्र प्रत्यारोपण गर्न सकिन्थ्यो । तर, धितालले चल्न छाडिसकेका तीनवटा मुटु प्रत्यारोपण गरेर चिकित्सा बिज्ञान क्षेत्रमा नयाँ आयाम थपिदिएका छन् ।
सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालले धितालको यो सफलताबारे शुक्रबार जानकारी दिएको त्यहाँबाट प्रकाशित सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।
उनले आधा घण्टा पहिले चल्न बन्द भइसकेका मुटुलाई प्रत्यारोपण गरी सफलता पाएका छन् । यसरी मरिसकेका मुटुलाई पुर्नजिवित गरी प्रत्यारोपण गरिएका दुई बिरामीलाई संचारकर्मीसामु प्रस्तुत गरिएको थियो ।
धितालको टोलीले लामो समयदेखि यसरी मृत मुटुलाई पुर्नजीवन दिएर प्रत्यारोपण गर्नेबारे अनुसन्धान गरिरहेको थियो । सो अस्पतालको मुटु प्रत्यारोपण युनिटका प्रमुख प्रोफेसर पिटर म्याकडोनाल्डले यो सफलताले मुटु रोगको उपचारमा ठूलो उपलब्धी हुने बताए ।
अनुसन्धानमा संलग्न टीमका साथ डा. धिताल
अनुसन्धानमा संलग्न टीमका साथ डा. धिताल
मुटु दान गर्ने ब्यक्तिको अभाव हुने अबस्थामा अब दुर्घटनाबाट मृत्यु हुने ब्यक्तिको मुटु पनि बिरामीमा प्रत्यारोपण गर्न सकिने बाटो खुलेको उनले बताए ।
धिताल त्यहाँ एसोसिएट प्रोफेसरका रुपमा कार्यरत छन् ।
http://www.onlinekhabar.com
No comments:
Write comments