Thursday, October 16, 2014
रणबीरले उतारे आफ्नो पाइन्ट..सयौँ महिलाको अगाडि
बलिउडका नवोदित अभिनेता रणबीर कपुर विभिन्न कारणले मिडियाको हेडलाइन बन्न सफल हुने गर्दछन् । यस्तै अचम्मका व्यवहारसहित रणबीर सिंह एकपटक फेरी मिडियामा छाउन सफल भएका छन् । अभिनेता सिंहले आफ्नो फिल्मको सेटमा नै सयौँ महिलाको अगाडि आफ्नो पाइन्ट फुकालेका छन् । यति भनिसक्दासम्म तपाईंमध्ये धेरैले रणबीर कपुरलाई अर्कै दृष्टिकोणले हेर्नुभयो होला तर त्योभन्दा अघि वास्तविक घटना के हो, बुझ्नुहोस् । रणबीर सिंह आफ्नो नयाँ फिल्म ‘किल दिल’ को गीत ‘ह्याप्पी बर्थडे’ का लागि राती सुटिङ गरिरहेका थिए । ४० डिग्रीको गर्मीमा, लेदरको पाइन्ट लगाएर डान्स गर्न उनलाई निकै असहज महसुस भइरहेको थियो । उक्त अप्ठेरोलाई सहन नसकी रणबीरले फिल्मको सेटमा नै आफ्नो पाइन्ट फुकाले । रणबीरलाई बिना पाइन्ट देखेपछि त्यहाँ उपस्थित २०० महिला डान्सरहरुले त्यहाँ चिच्याउन र सिट्ठी बजाउन सुरु गरे । हल्ला सुनेपछि वरिपरिका मानिसहरु सेटमा उपस्थित भए । खबरका अनुसार त्यहाँ उपस्थित मानिसहरुले रणबीरको फोटो खिच्न सुरु गरे तर फिल्म युनिटले सबै तस्बिरहरु डिलिट गर्न लगाए । यद्यपी फिल्ममा मुख्य भुमिका निभाइरहेकी परिणीति चोपडाले भने सिंहको तस्बिर डिलिट गरिनन् । अभिनेत्रीका अनुसार अब उनी ती फोटोहरुले रणबीरलाई ब्ल्याकमेल गर्नेछिन् । ‘ह्याप्पी बर्थडे’ लाई शंकर–एहसान–लोयले कम्पोज गरेका हुन् र यो गीत गुलजारले लेखेका हुन् । ‘किल दिल’ को निर्देशन शाद अलीले गरिरहेका छन् । फिल्ममा रणबीर र परिणाीतिका साथसाथै अली जफर र गोबिन्दाको पनि मुख्य भूमिका रहेको छ ।
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments