Monday, October 27, 2014
भर्खरैको ताजा अपडेट:-आत्मघाती हमलामा २४ को मृत्यु, इस्लामिक स्टेटको आक्रमणमा ६० घाइते
इराकको बग्दादको दक्षिणस्थित एक नगरमा भएको आत्मघाति हमलामा २४ जनाको ज्यान गएको छ भने ६० भन्दा बढि व्यक्तिहरु घाइते भएका छन ।
जर्फ अल सखर नगरको नजिक इराकी सुरक्षा बल र शिया मिलिशियाहरु रहेको नाकामा हमला भएको बताइएको छ । हमलाकारीहरुले बिस्फेटक पदार्थले भरिएको एक गााडिबाट पुलिस नाकामा ठक्कर दिएका थिए । ठक्करपछि भएको धमाकामा २४ को ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
हमाला इस्लामिक स्टेटका चरमपन्थीहरुले गराएको आशंका गरिएको छ । धेरै महिनासम्म चलिरहेको सघंर्ष पछि केहिदिन अघि जर्फ अल सखर नगरलाई सरकार समर्थित लडाकुबाट मुक्त गराइएको थियो । जर्फ अल सखर नगर बग्दादबाट ५० किलोमिटर टाढा रहेको छ । यस इलाका सुन्नि बहुसख्यक अबांर प्रान्त र शिया बहुसख्यक दक्षिण इराकको बीचमा रहेको छ ।
No comments:
Write comments