Saturday, October 25, 2014
चालकरहित विमान आक्रमणमा दर्जनौँको मृत्यु
यमनको मध्यभागमा सिया विद्रोही तथा अल–कायदासँग आवद्ध सुन्नी आदिवासी समुदायबीच भएको सङ्घर्षमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने अमेरिकी चालकविहीन विमान भनी आशङ्का गरिएको विमानबाट भएको आक्रमणमा १० जिहादीको मृत्यु भएको जानकारी आदिवासी स्रोतले दिएका छन् ।
fighter plane
हुथीस विद्रोहीले राजधानी साना तथा रेड सीको बन्दरगाहयुक्त नगर हुदेइदामा आफ्नो नियन्त्रण कायम गरेका छन् भने उनीहरूलाई थप विस्तार हुन नदिन अल–कायदाका लडाकू तथा आदिवासी समुदायले रोकेका छन् ।
शुक्रबार हुथी लडाकूले बाइदा प्रान्तको रादा नगरको पहाडी भागलाई नियन्त्रण गर्न प्रयास गरेपछि सङ्घर्ष आरम्भ भएको हो ।
आदिवासी स्रोतले हुथीसलाई प्रत्येकपटक निकै क्षति पुगी फकाईएको जानकारी दिएका छन् । उनीहरूले यस सङ्घर्षमा हुथिसतर्फ दर्जनौँ व्यक्तिको मृत्यु भएको बताए ।
उक्त स्रोतले हुथी लडाकूलाई यमनी सैनिकले पनि सहयोग गरेको दाबी गरे । यस विषयमा स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।
यसबीच उक्त सङ्घर्ष क्षेत्रमा अल–कायदाका लडाकू लिएर गएको दुई गाडीमा मानवविहीन विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा १० व्यक्तिको मृत्यु भएको जानकारी आदिवासी स्रोतले दिएका छन् ।
अल–कायदासँगको युद्धमा यमन अमेरिकाको प्रमुख सहयोगी हो र यस मुलुकले यस समूहविरुद्धको युद्धमा आफ्नो क्षेत्र प्रयोग गर्न दिएको छ ।
गत साता रादा वरपर दुई दिनसम्म भएको सङ्घर्षमा कम्तीमा ६० व्यक्तिको मृत्युभएको थियो ।
सन् २०१२ मा यमनमा लामो समयसम्म शासन गर्ने राष्ट्रपति अली अब्दुल्लाह सालेहलाई पदमुक्त गरिएपछि हुथीले यस मुलुकको ठूलो भाग नियन्त्रणमा लिन प्रयास गरिरहेको छ र यहाँ अस्थिरता छाएको छ ।
राष्ट्रपति अब्द्रबुह मनसुर हादीको सुन्नी सरकारले उनीहरूको विस्तारलाई रोक्न सकेको छैन ।
nepaliheadlines.com
No comments:
Write comments