Friday, October 31, 2014
६ दिन संसार पुरै अन्धकार हुने हल्ला असत्य
काठमाडौं, कात्तिक १५– आउँदो डिसेम्बर महिनाको ६ दिन संसार पुरै अन्धकार हुने खबर भ्रामक, झुटो र कपोलकल्पित भएको खगोलविद्ले बताएका छन् । भ्रामक हल्ला चलाउने समूहले डिसेम्बर १६ देखि २२ तारिखसम्म विश्व पुरै अँध्यारो हुने दावी गर्दै आएका छन् ।
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
नासाले पनि हल्लाको खण्डन गरिसकेको छ । ६ दिन संसार अँध्यारो हुने हल्लामा कुनै सत्यता नभएको नासाले स्पष्ट पारेको छ ।
विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलियन समाजले जानकारी गराएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिन्छ ।
खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११/११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ।
http://ujyaaloonline.com/news
No comments:
Write comments