Monday, October 27, 2014
भर्खरैको ताजा अपडेट बेलायती प्रधानमन्त्रीमाथि आक्रमण (तस्विर सहित)
बेलायती प्रधानमन्त्री डेविड क्यारुनमाथि आक्रमण भएको छ । उनलाई बाटोमा हिँड्दा हिँड्दै प्रदर्शनकारीले आक्रमण गरेका हुन् । द्रुत गतीको रेल सेवाबारे प्रचार गर्न उत्तरी शहरहरुको भ्रमणमा रहेका प्रधानमन्त्री क्यामरुनमाथि सरकारी योजनाको विरोध गरिरहेकाहरुले आक्रमण गरेका हुन् ।
उनीमाथि आक्रमण भएपनि क्यामरुन सकुशल छन् । उनलाई कुनै चोटपटक पनि लागेको छैन । तर प्रधानमन्त्री माथि सडकमै आक्रमण भएपछि सुरक्षा ब्यवस्थामाथि भने गम्भिर प्रश्न उठेको छ । प्रधानमन्त्रीमाथि आक्रमण गर्ने २८ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेर छोडिदिएको छ ।
nepaliheadlines.com
No comments:
Write comments