Saturday, October 25, 2014
यौनशक्ति बढाउने सजिलो तरिका
तपाईंहरुआफ्नो यौन जीवनबाट सन्तुष्ट हुनुहुन्न ? तपाईं सोच्नुहुन्छ, यौन सुखकोआनन्द लिन सक्दिनँ ? त्यसो भए यी केही टिप्स अपनाउनुस्, तपाईंको यौनशक्तिबढ्छ ।sexual-prowess3
१. दिमागलाई चिन्तामुक्त राख्नुस्
के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नोदिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । आफूलाई कुनै पनि प्रकारको चिन्ताया दबाब नदिनुस् ।
२. लुब्रिकेशनको प्रयोग गर्नुस्
‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशनर कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।
३. आफूलाई सीमितमा नबाँध्नुस्
हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमितनराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंकोस्टामिना बनाउन सकिन्छ ।
४. सक्रिय रहनुस्
यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमितव्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभईरक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।
५. रक्सीबाट टाढै रहनुस्
यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथाअल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।
६. खानामा प्रोटीन समावेश गर्नुस्
प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीनपाइन्छ ।
७. सन्तुलित आहारा खानुस्
यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएकोपदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीरस्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।
८. तनावबाट बच्नुस्
कुनै पनि प्रकारको तनावबाट टाढै रहनुपर्छ । यदि तनाव हुन्छ भने ध्यानगर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनिस्वास्थ्यका लागि आवश्यक छ ।
http://www.hamrosandesh.com
No comments:
Write comments