Thursday, October 16, 2014
बिचित्रको ह्वेल समुद्री तटमा देखेपछि
ह्वेल माछा भन्ने बित्तिकै सबैले सम्भवतः यसको अजङ्गको स्वरुपको बारेमा सोच्ने गर्दछन् । अरु माछाहरुभन्दा ह्वेल माछा निकै ठूलो हुने गरेको हामीले पढेको र इन्टरनेटमा देखेका पनि छौँ । सामान्यतयाः १३ देखि १६ फिटको हुने ह्वेललाई हामी अजङ्गको संज्ञा दिन्छौँ तर के तपाईंले ५८ फिटको ह्वेल कस्तो होला भनेर कल्पना गर्नुभएको छ ? यस्तैमा अमेरिकाको लंग आइल्याण्डमा गत बिहिबार ५८ फिटको विशाल ह्वेल मरेको अवस्थामा फेला पर्यो । समुन्द्रको तटमा मरेको अवस्थामा फेला परेको यो ह्वेलले सबैको ध्यान आकर्षित गर्नुका साथै सबैको मनमा अश्चर्य पनि प्रकट गरिरहेको थियो । रिपोर्टका अनुसार, यो फिन ह्वेल न्यू योर्क सिटिबाट ७७ मिल टाढा सर्ली मे स्मिथ कन्ट्री पार्कको समुन्द्री तटमा पाइएको थियो । उक्त ह्वेलको शरिरभरि निकै गहिरो चोटले भरिएको थियो । विशेषगरि ह्वेलको शरिरमा एउटा निकै ठूलो काटिएको निशाना थियो जसलाई खतरनाक समुन्द्री जीवले टोकेको जस्तो देखिन्थ्यो ।
No comments:
Write comments