फेसबुकमा शेयर भएका भिडियोहरुले ‘शेयर’ भएको आधारमा यु ट्युबका भिडियोहरुलाई माथ दिन थालिसकेका छन् र निकट भविष्यमै फेसबुकले भिडियो शेयरिङको मामिलामा यु ट्युबलाई पछि पार्ने सम्भावना रहेको एक अनुसन्धानले देखाएको छ ।
२० हजार फेसबुक पेज तथा एक वर्षभरका १ लाख ८० हजार पोष्टहरुमा गरिएको विश्लेषणबाट पुष्टि भएको छ भने अनलाइन भिडियोका दर्शकको मामिलामा यु ट्युबका लागि फेसबुक खास चुनौति बनिसकेको छ ।
‘विषयवस्तुका बजारीयाहरुले आफ्ना भिडियो सामाग्रीहरु फेसबुकमा धमाधम अपलोड गर्न थालेका छन्, यसको अर्थ फेसबुकले युट्युबबाट ट्राफिक हात पारिरहेको छ’, सोसल मिडिया विश्लेषक कम्पनी सोसलबेकर्सले आफ्नो वेबसाइटमा भनेको छ ।
‘यो यु ट्युबका लागि निकै ठूलो मामिला हो । उनीहरुले आफ्नो वितरणको ठूलो हिस्सा गुमाउन सक्छन्’, कम्पनीका मुख्य कार्यकारी जन रेजाबको ठम्याइ छ ।
उनका अनुसार यसको अर्थ प्रयोगकर्ताहरुले भविष्यमा पनि फेसबुक छाड्ने नभै फेसबुकमै रहने छन् ।
सोसल नेटवर्किङ साइट फेसबुकले अघिल्लो महिना घोषणा गरे अनुसार फेसबुकमा दैनिक १ अर्ब भिडियो हेर्न गरिन्छ ।
- See more at: http://www.onlinekhabar.com
सोसल नेटवर्किङ साइट फेसबुकले अघिल्लो महिना घोषणा गरे अनुसार फेसबुकमा दैनिक १ अर्ब भिडियो हेर्न गरिन्छ ।
No comments:
Write comments