धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार भएको बताएको छ ।
‘फिमेल सेक्स हर्मोन’ का कारणले नै पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।
वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । (एजेन्सी)
No comments:
Write comments