काठमाडौं । राजनीतिक संरक्षणमा देशमा गुण्डागर्दी मौलाउदै गएको छ । प्रहरीले बेला बेलामा गुण्डाहरुलाई पक्राउ गरेपनि संगठित रुपमा गुण्डागर्दी बढ्दो छ । पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्ने गरेकाहरु ठूला नेताहरुका प्रिय बन्न थालेपछि प्रहरी पनि हैरान भइसकेका छन् । ललितपुरमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोप लागेका मीनकृष्ण महर्जनले पनि कांग्रेस नेताहरुलाई खुशी बनाउ“दै आफ्नो पहु“च विस्तार गर्दै लगेका छन् । कांग्रेस नेताहरु रामचन्द्र पौडेल, खुम बहादुर खड्का, शंकर भण्डारीको प्रिय रहेका महर्जनले पछिल्लो समय राष्ट्रपति डा.रामवरण यादबस“ग नजिकिन खोजेका छन् ।
राष्ट्रपति डा.यादबस“ग खिचेको फोटोलाई उनले फेुसबुकमा ‘प्रोफाइल पिक्चर’ बनाएपछि प्रहरीहरु आश्चर्यमा परेका छन् । राष्ट्रपतिले पदिय आचरण, शिष्टाचार र मर्यादा नाघेर यसरी डनस“ग फोटो खिच्नुलाई अशोभनिय मात्र होइन अमर्यादित समेत मानिन्छ । राष्ट्रपतिले समकक्षीस“ग मात्र यसरी कुम जोडेर वा हात मिलाएर स“गै बसेर फोटो खिच्न सक्छन्, त्यो पनि औपचारिक रुपमा । तर, अनौपचारिक रुपमा खास्टो ओडेर तस्विर लिन पाईंदैन, त्यो पनि राष्ट्रपति कार्यालयमा । यसरी अनौपचारिक र अनुमति लिएर फोटो खिचिएको रहेछ भने पनि सार्वजनिक गर्न भने मिल्दैन ।
तर डन महर्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै सार्वजनिक गरेर राष्ट्रपतिको मार्यादामाथि नै आ“च पु¥याउने काम गरेको आज प्रकाशित युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ । साप्ताहिक अगाडी लेख्छ–‘खासगरी ललितपुरको ढुङगाखानी र अन्य सरकारी ठेक्कामा उनै महर्जनको राज चल्दै आएको छ । चापागाउ“को सामान्य परिवारमा जन्मिएका उनले गुण्डागर्दीबाटै करोडौंको सम्पत्ति जोडिसकेका छन् । सडकको ठेक्का कमिसनको विवादमा नै उनलाई गत वर्ष फागुनमा डन रमेश बाहुनले गोली हानेका थिए । बाहुन पक्राउ परी जेल गएपछि उनको फुर्ती अझै बढेको छ ।’ केही प्रहरी अधिकारीहरुस“ग समेत महर्जनको राम्रो सम्बन्ध छ ।
बाहुनले गोली हानेको बेला सई रमेश बजगाई महर्जनस“गै थिए । बाहुनलाई त्यसबेला उनै बजगार्इंले तिघ्रामा गोली हानेका थिए । बजगाई हाल अपराध महाशाखाको बिशेष टोलीमा कार्यरत छन् । उनै बजगार्इंका कारण महर्जनविरुद्ध उजुरी परे पनि पक्राउ नपरेको स्रोत बताउ“छ । बाहुनले महर्जन विरुद्ध उजुरी हाल्न खोज्दा बजगाईंकै दबाबमा प्रहरीले उजुरी नलिएको त्यतिबेला चर्चा चलेको थियो ।
www.ratopati.com
No comments:
Write comments