top_rightads

Tuesday, October 21, 2014

ईस्लामिक स्टेट आईएसका कारण अब युरोपमा पनि खतरा

 

काठमाडौं, कार्तिक ५ ।  युरोपेली प्रहरी संगठन प्रमुखले आतंकवादी समूह इस्लामिक स्टेट आईएसका कारण युरोप खतरामा रहेको चेतावनी दिएका छन् । बीबीसीसँगको साक्षात्कारमा युरोपोल प्रमुख राब वेनराइटले नियन्त्रणका लागि ठोस कदम चाल्न विश्वले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए ।
इराक र सिरियामा आईएसका करीब ३१ हजार लडाकु युद्धमा रहेको भन्दै वेनराइटले ती लडाकु नै खतरा बनेको औंल्याए । आईएसको सञ्जाल निकै नै फैलिएको भन्दै वेनराइटले नियन्त्रणका लागि बषौं लाग्ने बताएका छन् ।

सिरियामा हजारौं जनताको ज्यान जोखिममा रहेको भन्दै वेनराइटले यसका लागि सोशल मिडिया र इन्टरनेट सेवाको दुरुपयोग नियन्त्रणमा जोड दिए ।
सोशल मिडिया र इन्टरनेटको दुरुपयोगका कारण गलत सन्देश फैलिएको बताउँदै उनले आईएसले यसको फाइदा उठाउँदै सिरिया र इराकमा एकैसाथ आतंकबादी गतिबिधि गर्दै आएको बताए । यता, अमेरिकाले इराक र सिरियामा आईएसबिरुद्ध हवाई आक्रमण भने जारी राखेको छ ।


http://imagekhabar.com

No comments:
Write comments