‘महिलाको सँधै सम्मान गर्नुपर्छ’, यो हामीले सँधै सिक्दै आएको कुरा हो । यही सत्यलाई एक पुरुषले नबुझ्दा बीच सडकमा नपाउने दुःख पाउनु परेको छ । घटना हो पूर्वी कजाकिस्तानको शहर अट्र्याउको । एक ३२ वर्षीय पुरुषले दुई महिलालाई यौनकर्मी ठानेर सेक्सको लागि प्रस्ताव गर्दा यस्तोे घटना घटेको हो । आफ्नो साथीहरुसँग क्लबमा रमाइलो गरेका निक्लेका ती पुरुषले क्लब बाहिर दुई जना महिला देखेर तिनलाई यौनकर्मी ठान्छन् । उनीहरुको छेउमा गएर सेक्सको प्रस्ताव पनि राख्छन् । ‘सेक्सको लागि कति पैसा लिने?’ भनेर मोलमलाई पनि गर्न खोज्छन् ।
तर, त्यसपछि जे भयो त्यसको सायद उनले कल्पाना समेत गरेका थिएनन् होला । दुई जना मध्ये एक महिलाले उनलाई एक मुक्का हन्छन् र उनको यौनाङ्गमा एक लात पनि हिर्काउँछन् । एक्कासी आफूमाथि प्रहार भएपछि ती पुरुष बेहोस् भएर भुइँमा लड्छन् । ती महिलाहरु भने केही नभएको जस्तो गरी त्यहाँबाट हिँड्छन् । प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ । घटनापछि ती पुरुषलाई अस्पताल लगिएको थियो ।
http://www.ratopati.com
Thursday, October 23, 2014
महिलालाई ‘सेक्स’ को प्रस्ताव राख्दा मुक्का खाने पुरुषलाई अस्पताल पुर्याइयो
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments