top_rightads

Saturday, November 8, 2014

सेक्सी सीन दिनु निकै ठुलो जिम्मेवारीः नन्दना सेन

 

NANDANA SEN SEXY HD WALLPAPER 

मुम्बइ, ‘राजा रवि वर्मा’ उपन्यासमाथि आधारित बलिउड फिल्म ‘रंग रसिया’ मा कामुक दृश्य दिने अभिनेत्री नन्दना सेनका अनुसार फिल्ममा यस्ता प्रकारका सिनहरू छायाँकन गर्नु निकै ठुलो जिम्मेवारीको काम हो । उनले यस फिल्ममा यस प्रकारको दृष्यहरू गर्नु अघिनै आफ्ना माता-पितासंग विचार-विमर्श गरेको बताएकी छन ।

रणदीप हुड्डा र नंदना सेन को मुख्य भूमिका भएको ‘रंग रसिया’ को रिलीज गत पांच वर्षहरूदेखिनै रोकिइरहेको थियो । अब भने आगामी शुक्रबार ७ नोभेम्बरका दिन यो फिल्म रिलिज हुन लागेको छ । जसमा रणदीप विख्यात चित्रकार राजा रवि वर्मा को भूमिकामा देखिनेछन ।  

नन्दनाका अनुसार अंग-प्रदर्शन एक जटिल मुद्दा हो । यो एउटा यस्तो चीज हो, जसका बारेमा एक व्यक्तिले धेरै कुरा सोच्नु पर्ने हुन्छ । मैले यस फिल्ममा खेल्नु पूर्व आफ्ना अविभावकहरूको मन्जुरी लिएकी थिएँ ।  

जब एक कलाकार अंग-प्रदर्शन गर्ने निर्णय लिन्छ, उसले निकै ठुलो जिम्मेवारी पनि बहन गर्नु पर्दछ । यदि नग्नतालाइ सुन्दरता र सुरुचिपूर्ण तरीकाले प्रस्तुत गरयो भने यसले कुनै प्रकारको समस्या ल्याउँदैन ।

जे होस, पाँच बर्ष रोकिएको यो फिल्ममा अब भने बोल्डनेशलाइ निकै सुन्दरताले पेश गरिएको फिल्मका निर्माताहरूले जनाएका छन ।  

http://ramailo-patrika.blogspot.com/

No comments:
Write comments