top_rightads

Monday, October 20, 2014

गोल गरेको खुशियाली मनाउँदा स्ट्राइकरको मृत्यु (भिडियो सहित)

 

कोलकोता— फुटबल खेलका क्रममा गोल गरेपछि उत्साह मनाउने क्रममा एक खेलाडीको मेरुदण्डको हड्डी भाँचिएर मृत्यु भएको छ। मिजोरम प्रिमियर लिगका क्रममा बेथलेहेम फुटबल क्लबका २३ वर्षीय स्ट्राइकर पिटरले आफ्नो टोलीका लागि बराबरी गोल फर्काएपछि उत्साह मनाउने क्रममा ज्यान गुमाएका हुन्।
गोल गरेको खुशियाली मनाउँदा स्ट्राइकरको मृत्यु (भिडियो सहित)
पिटर मिजोरमको खाजाल कस्बे निवासी थिए। उनको टोली ६२ मिनेटसम्म चानमारी वेस्ट एफसीसँग ०–१ ले पछाडि परेको थियो। सोही समयमा पिटरले गोल गर्दै स्कोरलाई १–१ को बराबरीमा ल्याए। गोल गरेको खुशियाली मनाउने क्रममा जब पिटर ढले दुःखाइका कारण उनी उठ्नै सकेनन्। उनलाई तत्काल आइजोल सिभिल अस्पताल पुर्याटइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे।

पिटरको टोली खेलमा २–३ ले पराजित भयो।

No comments:
Write comments