४ कात्तिक, पाल्पा । शौच गर्ने क्रममा पाल्पा जिल्लाको चिदीपानीमा एक व्यक्तिको भिरबाट खसेर मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गर्दा सिद्धार्थ राजमार्गको चिदीपानीमा मोटरसाइकल रोकेर सडकको छेउमा शौच गर्ने क्रममा पोखरा उपमहानगरपालिका–५ का २२ वर्षीय सुजित गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ । मोटरसाइकलमा दुई जना सवार थिए । अर्को व्यक्तिमा पोखरा उपमहानगरपालिकाका कुशल गुरुङ रहेको प्रहरीबाट थाहा भएको छ । रासस
Wednesday, October 22, 2014
पिसाव गर्न खोज्दा भिरबाट लडेर ज्यान गयो
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments