Monday, October 27, 2014
शास्त्रीय सिध्दान्त अनुसार विहान नुहाउँदा हुने १० फाइदा हरु के के हुन् जानी राखौ....!
जीवनचर्याका पनि नियम उल्लेख गरिएको छ शास्त्रमा । बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा धेरै राम्रो हुने बताइन्छ ।
विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।
शास्त्रीय श्लोक भन्छः
गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।
आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:।
अर्थात बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः
१ सौन्दर्य ।
२ शारीरिक शक्ति
३ ज्ञान, ऊर्जा
३ आत्म विश्वास
४ पवित्र मन, विचार र कर्म
५ स्वास्थ्य
६ बुद्धि र विवेक
७ सपनाबाट छुटकारा
८ लालसाबाट मुक्ति
९ यश
१० कीर्ति।
शास्त्रमा दैनिक रूपमा बिहान नुहाउँदा शरिर निरोगी हुनुका साथै मन-मष्तिष्क पनि उर्जावान् र तनावमुक्त रहने उल्लेख छ । विहानको नुहाइले दिनभरी नै फ्रेस राख्ने भएका कारण यसमा बैज्ञानिक आधार समेत रहेको पाइन्छ ।
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments