top_rightads

Monday, October 20, 2014

तिहारको बोनसः ४९१ कर्मचारीलाई कार

 

एजेन्सी, सुरत, ३ कार्तिक, भारतको गुजरात स्थित सुरत सहरमा रहेको एक डायमण्ड कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई तिहारको इन्सेन्टीभ स्वरुप कार उपहार दिएको छ । आइतबार एक भव्य कार्यक्रमको आयोजना गर्दै 'हरेकृष्णा एक्स्पोर्ट्स' कम्पनीले ४ सय ९१ कर्मचारीलाई बोनस स्वरुप कार उपहार दिएको हो ।

यसैगरी कम्पनीले ५०३ कर्मचारीलाई ज्वैलरी तथा २०७ कालिगढलाई २ बिएचके फ्याट इन्सेन्टिभ स्वरुप उपहार दिएको छ । कम्पनीले जम्मा १२ सय १ कर्मचारीको नाममा उपहार तथा बोनस बाँढेको हो जसको लागि उसले ४५ करोड भारतीय रुपैया खर्च गरेको जनाइएको छ ।

सात हजार ७ सय कर्मचारी कार्यरत उक्त कम्पनीमा अघिल्लो वर्ष पनि ७० कर्मचारीलाई इन्सेन्टिभ स्वरुप कार उपहार दिएको थियो । कर्मचारीको व्यवहार, कम्पनीको विकासका लागि कर्मचारीले दिएको योगदान, डायमण्ड कटिङमामा भ्यालु एडिसन जस्ता प्वाइन्टका आधारमा उत्कृष्ट कर्मचारीलाई इन्सेन्टिभ बाँडिएको कम्पनीले जनाएको छ । कम्पनीका चेयरमेन सवजीभाई घलकियाले कम्पनीको विकास र आफ्नो सपना पुरा गर्न सहयोग गर्ने १२०१ कर्मचारीलाई दिइएको यो उपहार नभएर उनीहरुको मेहनतको कमाई भएको बताएका छन् ।

'हरे कृष्णा एक्स्पोर्ट्स' ले यसरी बोनस बाँडेपछि भारतीय कम्पनी र कर्मचारीबीच ठूलो तहल्का मच्चिएको छ । अन्य कम्पनीमा कार्यरत कर्मचारीको लागि पनि यो घटना अत्यन्तै उत्साहको विषय बनेको छ ।

No comments:
Write comments