Thursday, October 30, 2014
चलचित्रमा म ज्यादै नै सेक्सी देखिन्छु : नायिका हर्षिका श्रेष्ठ
नायिका हर्षिका श्रेष्ठ सफल सिनेमाको खोजिमा छिन् । सिनेमा नगरीमा आएको छोटो समयमा संख्यात्मक रुपमा उनले अभिनय गरेका सिनेमाको संख्या दर्जन कटिसके । तर, आजसम्म उनले अभिनय गरेका कुनै पनि सिनेमा सफल छैनन् । उनका केही चलचित्र छायांकनमा जाने तयारीमा पनि छन् । उनै हषिर्कासँग
गरिएको रमाइलो कुराकानी :
१.हिजोआज कत्तिको ब्यस्त हुनु हुन्छ ?
मेरो क्षमता, स्वभाव र सम्पुर्णको सद्भावका कारण पनि म ब्यस्त नै छु ।
२. ब्रेकअपले निकै चिन्तामा हुनुहुन्छ भन्ने छ नी ?
केहि दिन अघि भने अलि सोचमा परेको जस्तो भएकी थिए । त्यस्तो खासै चिन्ता छैन । अब त यो घटनालाई स्वभाविक रुपमा लिन थालेकी छु । एक-अर्कालाई अझै नजिकबाट चिन्ने जान्ने क्रममा केही मेरा कुराहरु उहाँलाई मन नपरेको हुन सक्छ । उहाँको केही कुराहरु मलाई पनि मन परेन । जुन बाटोमा दुबै जनाको भेट भएको थियो, हामी मोडियौं ।
३.अब कहिले सम्म जीवन यात्रामा एक्लै हिड्ने त ?
थाहा छैन, यो माया प्रेमका कुराहरु पनि अचम्मैको हुँदा रहेछन् । एक अर्कामा कोसँग, कहाँ, कहिले, कसरी मायापि्रती बस्दो रहेछ १ म आफैलाई गजब लागि रहेको छ । प्रेममा न त जातभात र गरिब धनीकै कुरा हुदों रहेछ न त कुनै समयको टुङ्गो नै । भनिन्छ नी “प्यार किया नही जाता हो जाता हे ।”
४. अनि, तपाई त निकै सेक्सी देखिनु हुन्छ रे नी ?
तपाईले कुन अर्थमा भन्नु भो मलाई थाहा भएन । धेरै दर्शक तथा प्रशंसकहरु मलाई ज्यादै सेक्सी देखिन्छ भन्छन् । म हिजोआज धेरै पहिरनमा राम्री देखिन थालेकी छु रे, अनि चलचित्रमा पनि ज्यादै नै सेक्सी देखिन्छु रे भन्न थालेका छन् । साँच्चै अहिले आफु वास्तवमा नै सेक्सी देखिन्छु भन्नेमा चाहि विश्वासको नजिक पुगेकी छु ।
५.दर्शकहरुले त “सेक्स अपिल” को अर्थमा सेक्सी भनेका होलान नी ?
ममा के त्यस्तो सेक्स अपिल देखिन्छ र १ वास्तवमा मान्छेले मान्छेलाई जस्तो भावनाले हेर्यो त्यस्तै लाग्ने हो की के हो ? तर मलाई चाहिँ यो एउटा उमेर अनुसार बनिने धारणा हो जस्तो लाग्छ । ग्ल्यामर दुनियामा जो ब्यक्ती, उसको भूमिका र परिस्थीतीसँग बढी भन्दा बढी उपयुक्त देखिन्छ, त्यो नै स्वभाविक र सुन्दरता हो । त्यहि स्वभाविक र सुन्दरता नै ग्ल्यामर्स अर्थात सेक्सी हो ।
६.तपाईका दर्शक तथा शुभचिन्तकहरुमा केहि कुरा राख्न चाहनुहुन्छ ?
कलाकारहरु राष्ट्रिय गहना हुन् । कलाकारहरुका लागि दर्शकहरु नै सर्बोपरी हुन् ।
त्यसैकारण पनि हामी कलाकारहरुको समाजप्रतिको उत्तरदायित्व बोध हुनका साथै दर्शकहरु तथा ˆयानहरु प्रति झुकाव राख्न पनि त्यति नै जरुरी छ ।
तर केहि शुभचिन्तक तथा ˆयान भएकै कारणले हाम्रो उदारतालाई कमजोरी ठान्दै शरीरमा अस्वाभिक ढंग स्पर्श गर्ने प्रयाश जस्ता दुब्र्यवहारहरु पनि गर्नुहुन्छ । यस्तो नहोस् भन्ने म चाहन्छु । आदरणीय दर्शक तथा हाम्रा ˆयानहरुले पनि कलाकारहरुको मानमर्यादालाई ध्यान दिँदै उहाँहरुप्रति उत्तिकै मैत्री ब्यवहार देखाउन पनि जरुरी देखेकी छु ।
प्रस्तुती : राजेन्द्र कार्की
www.onlinekhabar.com
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments