top_rightads

Tuesday, October 21, 2014

यसरी थाहा पाउन सकिन्छ भविष्यमा हुने घटना

 

मानिसहरुलाई सबै भन्दा चासो हुने विषय हो भविष्यमा के होला । जो कसैलाई पनि भविष्यमा के हुन्छ भन्ने थाहा पाउने चाहाना हुन्छ । तर भविष्यको विषयमा अनुमान गर्न ज्यादै कठिन छ । ५ सेकेण्ड वा ५ मिनेट पछि पनि के हुन्छ भनेर ठोकुवा गर्न कसैले पनि सक्दैन ।future seeing भविष्यको विषयमा थाहा नहुनु राम्रो पनि हो किन भने यदि भविष्यको विषयमा अहिले नै जानकारी हुन थाल्यो भने योfuture seeing 1 दुनियाँमा धेरै हंगामा हुने थियो । तर केही विद्वानहरु भने भविष्यको विषयमा जानकारी पाउन सकिने बताउँछन् । साधनामा सिद्धी प्राप्त भएमा भविष्यको विषयमा हुने घटनाबारे सजिलै बताउन सकिने रहस्यशास्त्रीहरुको दावी छ । यस्तो साधना निक्कै कठिन हुने र शरीर र मनलाई छुट्टाउन सक्ने यो विधीले भविष्यका हरेक कुरा जानकारी पाउन सक्ने बनाउने उनीहरुको भनाइ छ । यो साधाना सफल भएमा त्यस्तो ब्यकतिले भविष्यमा हुने जुनसुकै घटना र कुनै पनि कितावमा लेखिएको हरेक कुरा थाहा पाउन सक्ने बताइन्छ । कतिपय ब्यक्तिमा यस्तो शक्ति आफै पैदा हुने समेत हुन्छ । त्यस्तो शक्ति हुनेलाई छैटौं इन्द्रेय समेत भनिन्छ । -

No comments:
Write comments