पाकिस्तानकी बहुचर्चित स्कुले केटी मलाला युसफजाइ यतिबेला विश्वभरीका सञ्चार माध्यममा हेडलाइन बनिरहेकी छिन् । नोवेल शान्ति पुरस्कार पाउने सबै भन्दा कान्छो उमेरकी युवती बनेर मलालाले नयाँ किर्तिमान बनाएपछि उनको चर्चा झनै चुलिएको हो । तालीबानले गोली हानेपछि मृत्युको मुखमा पुगेकी यी युवती अहिले विश्वमै सबै भन्दा कम उमेरमा नोवेल शान्ति पुरस्कार पाउने किर्तिमानी ब्यक्तित्व बनेकी छिन् ।
को हुन् मलाला ?
मलालाई युसफजाइ पाकिस्तानको नर्थवेष्ट खायवर पख्तुनहवा प्रान्तको स्वात उपत्याकामा जन्मिएकी सामान्य परिवारकी युवती हुन् । त्यतिबेला १५ वर्षकी मात्र रहेकी पाकिस्तानी युवती मलाला युसफजाइ सन् २०१२ मा पाकिस्तानको उत्तर-पश्चिमी पाकिस्तानको जातीय इलाकामा पाकिस्तानी तालिबानको गोली लागेर मृत्युको मुखमा पुगेपछि विश्वभरी चर्चित बनिन् । महिला शिक्षाका लागि कलिलै उमेर देखि अभियान चलाएकी मलालालाई केटीलाई शिक्षा दिनु हुँदैन भन्ने कठोर मान्यता बोक्ने तालिबानले विद्यालय जान लागेकै समयमा गोली दागे । उनको कञ्चटमा गोली लागेपछि उनी त्यतिकै संसारबाट विदा होलिन् भन्ने डर धेरैको मनमा थियो । तर मलालालाई तत्काल बेलायत लगियो र अत्याधुनिक प्रविधीको सुविधामा उपचार गरियो । मलाला पुरानै अवस्थामा त अझै पनि पुगेकी छैनिन् तर उनी अव सामान्य जीवनमा फर्किएकी छिन् । धेरैले उनी बाँच्ने आशा गरेका थिएनन् ।
बाल्यकाल देखि नै महिला शिक्षाको विषयमा वकालत गर्दै आएकी मलाला आफूलाई गोली हानेर मार्ने प्रयास गरिएपछि पनि तालिबानसँग झुकेकी छैनिन् । बरु आफूलाई गोली हान्दैमा आफ्नो विचार र उद्देश्य कमजोर नहुने दृढ अठोठ उनको छ ।
उपचारबाट नाटकीयरुपमा नयाँ जीवन पाएकी उनले राष्ट्रसंघमा बोल्दै गत वर्ष भनेकी थिइन् "आतंककारीहरुले सोंचेका थिए उनीहरुले हाम्रो उद्देश्य र महत्वाकाँक्षा रोक्न सकिने ठानेका थिए होलान् तर मेरो जीवनमा केही पनि परिवर्तन भएको छैन, कमजोरी, डर र निराशाको अन्त्य हुने बाहेक । बरु शक्ति र साहसले जन्म लिएको छ ।"
"म मलाई गोली हान्ने तालिबानलाई घृणा गर्दिन । मेरो हातमा बन्दुक छ र उ मेरो अगाडी छ भने पनि मैले उसलाई गोली हान्दिन ।" मलालाले भनेकी थिइन् ।
उनले तरबार भन्दा जहिले पनि कल बलियो रहेको तर्क गर्दै अतिबादीहरु कलम र कितावसँग डराउने समेत बताएकी थिइन् । मलालाले सन् २ हजार १४ अर्थात यसै वर्षको नोवेल शान्ति पुरस्कार भारतका सामाजिक अभियान्ता कैलाश सत्यार्थीसँग संयुक्त रुपमा प्राप्त गरेकी छिन् । मलालाले गत वर्ष युरोपेली संघको मानव अधिकार अवार्ड पाएपछि यो वर्षको नोवेल शान्ति पुरस्कारका लागि छानिएकी थिइन् ।
विश्वभर चर्चित तर सक्दिनन् घर फर्किन
गोली हानीएपछि मरणासन्न अवस्थामा बेलायत पुर्याइएकी मलाला अहिले पनि घर फर्किन सक्ने अवस्था छैन । उनी फर्किएमा परिवारका सदस्यको हत्या गर्ने चेतावनी तालिबानले दिएका कारण मलाला पाकिस्तान फर्किन सकेकी छैनन् । अहिलेका पाकिस्तानी तालिबानका प्रमुख मुल्लाह फजुल्लाहले सन् २०१२ मा मलालालाई आक्रमण गर्न आदेश दिएका थिए ।
मलालाको जन्मस्थल पाकिस्तानको स्वात उपत्याका हो । जहाँका मानिस उनलाई शंका, डर र इर्स्याको भावनाले हेर्छन् । अघिल्लो वर्ष उनी नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेपछि पाकिस्तानी सञ्चार माध्यममा थुप्रै मजाक बनाइएको थियो । अहिले मलाला बेलायतकै बर्मिघममा रहेको एक विद्यालयमा पढ्दैछिन् भने उनी विश्वव्यापीरुपमा महिला अधिकारको अभियान्ता नै बनिसकेकी छिन् ।
मलालाको जन्मस्थल पाकिस्तानको स्वात उपत्याका हो । जहाँका मानिस उनलाई शंका, डर र इर्स्याको भावनाले हेर्छन् । अघिल्लो वर्ष उनी नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेपछि पाकिस्तानी सञ्चार माध्यममा थुप्रै मजाक बनाइएको थियो । अहिले मलाला बेलायतकै बर्मिघममा रहेको एक विद्यालयमा पढ्दैछिन् भने उनी विश्वव्यापीरुपमा महिला अधिकारको अभियान्ता नै बनिसकेकी छिन् ।
मलालाको उद्देश्य सबै वालवालिकाका लागि शिक्षा
सन् २०१४ को नोवेल शान्ति पुरस्कार पाउनु अघि नै बिबिसीको पानोरमा भन्ने कार्यक्रममा बोल्दै मलालाले आफ्नो जीवनको उद्देश्य प्रत्येक वालवालिकाका लागि शिक्षा भएको बताएकी थिइन् । आफूले नोवेल शान्ति पुरस्कार पाएमा त्यसको सदुपयोग पनि वालवालिकाको शिक्षाका लागि गर्ने उनले बताएकी थिइन् ।
नर्थवेष्ट खायवर पख्तुनहवा प्रान्तको स्वात उपत्याकास्थित मिंगोरामा विद्यालयमा पढ्दा देखि नै मलाला महिला अधिकारको पक्षमा सचेत थिइन् । सन् २००९ देखि उनले बिबीसीमा ब्लग लेख्न थालेकी थिइन् जसमा उनको मुख्य इच्छा स्वतन्त्रतापूर्वक विद्यालय जान पाउनु पर्ने थियो । मलाला न्यूयोर्क टाइम्सको वृत्तचित्रमा समेत देखिएकी थिइन् ।
मोबाइल, फेसबुक ट्वीटर नचलाउने मलाला
१७ वर्षकी मलाला विश्वव्यापीरुपमा यति विघ्न चर्चित भएपनि उनी सामाजिक सञ्जालका माध्यमबाट भने टाढा छिन् । उनले सामान्य मानिसले चलाउने मोबाइल फोन समेत बोकेकी छैनिन् । सेल्फी तस्विर खिचेर सामाजिक सञ्जालमा राख्दैमा कुनै अभियान सफल नहुने भन्दै आफूले सामाजिक सञ्जालको प्रयोग नगरेको बताउँछिन् । फेसबुक र ट्वीटरमा भन्दा म आफ्नो पढाइमा ध्यान दिन्छु- न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले भनेकी छिन् ।
मलालाई मार्न चाहेको तालिबानले के भन्यो ?
मलालाको हत्या गर्ने प्रयास गरेको पाकिस्तानी तालिबानले उनले नोवेल शान्ति पुरस्कार पाएकोमा क्षोव प्रकट गरेको छ । पाकिस्तानी पत्रिका डनका अनुसार तालिबानी नेताले मलालालाई नोवेल पुरस्कार दिने निर्णयको कडा आलोचना गरेका छन् । तालिबानी संगठन जमात उल अहरारका प्रवक्ता अहसान उल्लाह अहसान ले सामाजिक सञ्जालमा मलाललाई विदेशीको एजेन्टको सज्ञा दिएका छन् ।
त्यसैगरी अर्का तालिबानी मिडिया विङका सदस्यले पनि मलालाले कहिल्यै पनि इस्लामको सन्देश नदिएको प्रतिक्रिया दिँदै पुरस्कार दिने निर्णयको आलोचना गरेका छन् ।
No comments:
Write comments