Saturday, October 11, 2014
७२ बर्षमा बलिउडका महानायक अमिताभ ,कति छ उनको सम्पती ?
बलिउडका महानायक अमिताभ बच्चन आजबाट ७२ बर्षमा प्रवेश गरेका छन् । बलिउडमा करिब ५०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका बलिउडका महानायक अमिताभको जन्मदिनले आज संसारभर उनका फ्यानहरुले आफ्नो घर घरमा अमिताभको जन्मदिन मनाएका छन् । सन् १९७० को दशकदेखि बलिउडमा रिसाहा ठिटोको रुपमा लोकप्रियता कमाएर स्थापित भएका अमिताभ बच्चनको जन्म सन् १९४२ अक्टोबर ११ मा उत्तरप्रदेशको अलाहवादमा भएको हो । उनको खास नाम अमिताभ हरिवंश बच्चन हो । अमिताभका बुवा हरिवंश राइ बच्चन गायक थिए भने आमा तेजी बच्चन अहिले पाकिस्तानमा पर्ने फैसलावादकी शिख धर्माबलम्बी थिइन् । बच्चन परिवारका दुर्इ छोरामध्ये जेठा हुन् उनका भाइको नाम अजिताभ बच्चन हो । करिब ५ दशक बलिउड यात्रामा उनले करोडौ दर्शक कमाएका छन् भने सम्पती पनि कम जोडेका छैनन् । कुनै समय उनी खेलेका चलचित्र सफल नभएपछि घरबार सबै बेचेर सुकुम्बासी सरह बनेका अमिताभ अहिले भारतमा मात्र नभइ विश्वभर नै सफल अभिनेताको रुपमा परिचित छन् । उनलाई धेरैले सम्मान गर्छन् । उनको भारतमा मात्र ३ वटा आलिसान महल छन् जसको मुल्य भारतका कुनै पनि व्यक्तिले तोक्न सक्दैन् । त्यस्तै उनले चड्ने मात्र ५ वटा भन्दा बढि गाडी छन् जसको मुल्य एउटाको मात्र १० करोड भन्दा माथिको छ । उनी काहि टाढाको यात्रामा जानु परे उनको आफ्नै विमान पनि छ । अमिताबको विमानको मूल्य फ्लास नगरे पनि उनको विमानमा चाहिने जति सबै सुबिधा रहेको बताइन्छ । यसरी करिब ५ दशक बढि बलिउड रजतपटमा विताएका अमिताभको कुल सम्पती करिब ५० अर्व भन्दा माथि रहेको बताइएको छ । यसरी बलिउड फिल्ममा अभिनय गरेर नाम,दाम सबै कमाएका बलिउडका महानायक अमिताभ अहिले पनि चलचित्रमा अभिनय गर्नमा नै व्यस्त देखिन्छन् । उनले एउटा चलचित्रमा अभिनय गरेको करिब ६० करोड भन्दा बढि लिने गर्छन ।

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments