top_rightads

Saturday, October 11, 2014

देह व्यापारमा संलग्न गुरुङ सहित तीन युवती पक्राउ

 

२५ असोज, परासी ।    नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिकाको वडा नं ९ थुम्सीमा आफ्नै घरमा केटीहरु राखेर देह व्यापार गराउँदै आएका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । देह व्यापारमा संलग्न १६, १७ वर्षका तीनजना केटीसहित गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले पहिलेदेखि नै देह व्यापार गराउँदै आएको स्वीकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देह व्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । गुरुङले देह व्यापारबाट नै गैँडाकोट–९ थुम्सीमा घर बनाएको जनाइएको छ । देह व्यापारमा संलग्न उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाइएको गैँडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए । 

No comments:
Write comments