top_rightads

Thursday, October 23, 2014

डिभिजन थ्री क्रिकेट: दोस्रो खेलमा आज नेपाल बर्मूडासँग भिड्दै

 

काठमाडौं, कात्तिक ७ -मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री  मा शुक्रबार नेपाल बर्मुडासँग प्रतिष्पर्धा गरिरहेको छ  । मलेसियाको सेलेङगर ट्रफ क्लबमा चलिरहेको खेलमा  नेपालले  टस जितेर बर्मुडाविरुद्ध बलिङ गरिरहेको छ ।   पछिल्लोस्थितिमा आठ ओभरको खेल सकिँदा बर्मुडाले १  विकेटको क्षतिमा २८ रन जोडेको छ । नेपालका अमृत भट्टराईले एक विकेट लिएका छन् । हिजो युगाण्डासँग २० रनले नेपाल आज दोस्रो खेलमा बर्मुडालाई पराजित गर्दै सुखद  नतिजा निकाल्ने योजनामा छ । यसैगरी बर्मुडामा पनि हिजो अमेरिकासँग पराजित भएको थियो । प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा समेत गर्छन्। डिभिजन दुई आगामी जनवरीको तेस्रो साता नामिबियामा हुँदैछ। यो प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले आईसीसी इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। डिभिजन दुईबाट अगाडि बढ्ने टोलीले अहिलेसम्म यी प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।


http://www.ratopati.com

No comments:
Write comments