Tuesday, October 28, 2014
‘मसँग हट शरीर छ, देखाउन कुनै आपत्ती छैन’
बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् । यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् ।
निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।
सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ ।
www.onlinekhabar.com
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments