Sunday, October 26, 2014
शक्तिशाली आँधी ‘नीलोफर’भारत तर्फ अघि बढिरहेको मौसम विभागको पुष्टि : सर्वसाधारणमा त्रास
काठमाडौं, कार्तिक १० । भारतमा शक्तिशाली आँधी नीलोफर आउन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिइएको छ । भारतीय मौसम विभागले पश्चिमी तटतिर अघि बढिरहेको नीलोफर आँधीले २४ घण्टा भित्रमा भीषण रुप लिन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिएको हो ।
नीलोफर आँधीका कारण सबैभन्दा पहिले गुजरात र महाराष्ट्रमा भारी बर्षा हुने र पछि विस्तारै भारतभर फैलन सक्ने भारतीय मौसम विभागको अनुमान छ ।
मौसम विभागले चेतावनी दिएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । यस आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने बताइएको छ । तर नेपालको मौसम विभागले भने यसबारे केही जानकारी गराइसकेको छैन ।
imagekhabar.com
No comments:
Write comments