सिओल, कार्तिक १२ – दक्षिण कोरियाका जसुसी संस्थाले उत्तर कोरियाका नेता किम जोङ उन रहस्यमयरुपमा ६ हप्ता हराउनुको कारण पत्ता लगाएको दाबी गरेको छ । दक्षिण कोरियाली जासुसी संस्थाको गोप्य मिटङमा सहभागी भएका एक सांसदले सो कुराको जानकारी दिएको एपीलाई उदृद्धत गर्दै हफिङटन पोस्टले लेखेको छ । जासुसी संस्थाले सांसदहरुलाई उत्तर कोरियाली नेता किमले सेप्टेम्बर वा अक्टोबरमा आफ्नो देब्रे खुट्टाको घुँडामा रहेको सानो ट्युमरको सिवदेशी डाक्टरबाट अपरेसन गरेको र डाक्टरले किमलाई उनको मोटापा, धुम्रपान र व्यवस्त सार्वजनिक कारर्यक्रम कारण पुनः बल्झिन सक्ने बताएपछि उनी ६ हप्तासम्म गायब रहेको जानकारी दिएको थियो । उनी सेप्टेम्बर ३ का दिन अन्तिम पटक देखिएकोमा एकैपटक अक्टोबर १४ का दिन लठ्ठी टेक्दै देखिएका थिए । उनी केही दुब्लो पनि देखिएका थिए । सन् १९४८ देखि किमका परिवारले शासन गरिरहेको उत्तर कोरियामा उनी गायब हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । किमको रोगलाई जाजुसी संस्थाले टार्सल टनल सिन्ड्रोम भनेर बताएका छन् । किमको स्वास्थ्य स्थितिको बारेमा कसरी दक्षिण कोरियाली जासुसी संस्थाले थाहा पायो भनेर थाहा पायो भन्ने कुरा भने खुलाइएको छैन । - See more at: http://www.ratopati.com/2014/10/29/178033.html#sthash.mY9k1cYk.Gs4QoaG2.dpuf
No comments:
Write comments