Saturday, November 1, 2014
सलमानको बहिनीको बिहेमा मोदीलाई निम्तो
मुम्बाई, कार्तिक १५ – बलिवुडका दबङ सलमान खानले आफ्नो बहिनीको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने भएका छन् । विवाहको निम्तो निम्तो दिन सलमान आफै मोदी भेट्न जाने भारतीय सञ्चार माध्यमले जनाएको छ । मोदी यस अघि धमेन्द्र र हेमा मालिनीका कान्छी छोरी अहानाको विवादमा सामेल भएका थिए । तर, त्यति बेला उनी प्रधानमन्त्री भने थिएनन् ।
सलमानका बहिनी अर्पिता खानको विवाह यही नोभेम्बर महिनाको १८ तारिखका दिन तय भएको छ । हैदराबादको एक दरवारमा अरपिता र आयुसको विवाह हुने बताइएको छ । त्यही दिन सलमानका बुवा सलिम र आमा सल्माको विवाहको ५० वर्ष पूरा हुने भएकाले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको छ । विवाहमा वलिवुडका चर्चित अनुहारहरु पनि देखिनेछन् ।
www.ratopati.com
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments