Sunday, November 9, 2014
दमौलीका महिलाले शव बोकी घाटसम्म पुर्याउँदा...
तनहुँ, कार्तिक २४ - बाबुआमाको मृत्यु हुँदा छोरीले शव बोक्नु हुँदैन भन्ने मान्यता छ। तर दमौलीका महिलाले आइतबार ज्येष्ठ नागरिक आश्रममा मृत्यु भएकी ९० वर्षीया आइतुमाया थापाको शव बोकेर घाटसम्मै पुर्याए । जातीय परम्पराअनुसार अन्त्येष्टिमा समेत सघाए।
'आश्रममा बस्दै आउनुभएको आमाको मृत्युमा महिलाहरूले नै काँध थापेर घाटसम्म पुर्यायौं,' आश्रमकी सहसचिव सरु श्रेष्ठले भनिन्, 'उहाँको मृत्युमा हामी कोही पनि एक छाक खाना खाँदैनौं।' थापाको शवलाई आश्रम सञ्चालक समितिकी अध्यक्ष ५० वषर्ीया सावित्री श्रेष्ठले सबैभन्दा पहिले काँधमा बोकेकी थिइन्। त्यसपछि सचिव निर्मला मल्ल, राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँकी अध्यक्ष कल्पना गौली, आशा बानियाँ, गौरी थापा, अरुणा श्रेष्ठ, सतिा खनाललगायतले काँधमा बोकेर घाटसम्म पुर्याएका थिए।
आफ्नो आमाजस्तै गरी पालनपोषण पोषण गर्दै आएको थापाको मृत्युले आफूहरूलाई ठूलो चोट पुगेको सहसचिव श्रेष्ठले बताइन्। आश्रममा बस्ने सबै वृद्धा आफ्ना आमाबाबुजस्तै आफूहरूले ठान्दै आएको उनले बताइन्।
'आश्रममा बस्नेमध्येको मत्यु भएको यो पहिलो घटना हो,' आश्रम सञ्चालक समिति अध्यक्ष सावित्री श्रेष्ठले आँसु पुछ्दै भनिन्, 'आफ्नै आमाबुबा गुमाएजस्तो चोट पुग्दो रहेछ।'
रोगी र कमजोर अवस्थाकी थापालाई करिब डेढ वर्षअघि ल्याएर आफूहरूले रेखदेख गर्दै आएकाले मृत्युपछि शव उठाउने बेलामा आफंैले काँध थापेको उनले सुनाइन्। छोराछोरी बराबरी भन्ने धारणालाई व्यवहारमा नै लागू गर्न आफूहरूले शव बोकेको उनले जनाइन्।
'मेरी आमा पनि एक वर्षअघि गुमाएँ। यसरी नै काँध थाप्न खोजेकी थिएँ,' उनले भनिन्, 'त्यसबेला कमजोर अवस्था भएकी भन्दै अन्यले काँध थाप्न दिएनन्। अहिले आफन्त कोही नआए दागबत्तीसमेत दिन्छु भनेकी थिएँ। आफन्त आएर दागबत्ती दिए।' थापाको शवलाई उनका भतिजाले मादी सेतीघाटमा दागबत्ती दिएर अन्त्येष्टि गरेका थिए। आश्रममा आबद्ध २ सय २० महिलाले छाक छाडेर शोक व्यक्त गर्ने उनले बताइन् । आश्रममा अहिले जिल्लाका ७ वृद्धा बस्दै आएका छन्।
http://www.ekantipur.com/np/2071/7/24/full-story/398341.html
Similar Posts
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments