Monday, November 17, 2014
सलमान खानको विवाह पनिं अन्त्यमा आएर स्थगित भएको खुलासा
बलिउड सुपरस्टार सलमान खानकी बहिनीको विवाहले यतिबेला बलिउडमा चर्चा पाइरहेको छ । तर यो विवाहसँगै नयाँ खुलासा भएको छ । खासमा सलमानले बहिनी अर्पिताको विवाह हुन लागेको दिन १८ नोभेम्बरमा आफ्नै विवाह गर्ने तयारी गरेको भएपनि अन्तिम समयमा आएर स्थगित भएको खुलासा भारतीय सञ्चार माध्यमहरुले गरेका छन् ।
सलमानले आफ्ना माता पिताको विवाह भएको दिन १८ नोभेम्बर नै पारेर आफ्नो विवाह गर्ने तयारी गरेका थिए । बाबु आमाको विवाहकै वर्ष गाँठमा सलमानकी बहिनीको विवाह हुँदैछ । सलमान र बलिउडका अर्का चर्चित निर्माता साजिद नाडियावालले एकै दिन विवाह गर्ने तयारी गरेको खुलासा सलमानले केही समय अघि गरेका थिए । नाडियावालले सन् २००४ मै विवाह गरेका भएपनि सलमान अझै अविवाहित छन् । यस वर्ष १८ नोभेम्बरमा विवाह गर्ने तयारी रहेपनि अन्तिम समयमा आएर सलमानले विवाह स्थगित गरेको भनिएको छ । यद्यपी उनी को सँग विवाह गर्ने तयारीमा थिए भन्ने खुलेको छैन ।
nepaliheadlines.com/2014-11-17-09-59-41.html#sthash.LaRL0ZSh.dpuf
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments