Friday, November 7, 2014
आलु चिप्सको प्याकेटमा मरेको मुसा
२०७१ कार्तिक २२ शनिबार
झापाः विर्तामोडस्थित प्रकाश घरेलु उद्योगले बनाएको आलु चिप्सको प्याकेटभित्र मरेको मुसा भेटिएको छ । शनिबार बुधबारे–४ जयपुरका तारा भट्टराईको पसलमा स्थानीय साजन राईले किनेर खान लागेको आलु चिप्समा मरेको सग्लो मुसो भेटिएको हो ।
उक्त आलु चिप्सको उद्योग विर्तामोडस्थित खानेपानी ट्यांकी छेउमा छ । चिप्स किनेका साजनले खोर्सानी भनेर खान खोज्दा मरेको मरेको सिंगो मुसो भएको पत्ता लगाएका थिए । ‘मैले कत्रो खुर्सानी हालेको रहेछ भनेर खान खोजेको त मुसाको स्वरुप पो देखें’, उनले भने ।
पसल धनी तारा भट्टराईले प्याकेटमा मुसा भेटिएपछि चिप्स उद्योगमा खबर गरेका थिए । तर उद्योगी पर्शु मेचेले हाँसेर टारेको दुखेसो गरे ।
चिप्सको प्याकेटमा मुसा भेटिएकोबारे जिज्ञासा राख्दा उद्योगी मेचेले आफूबाट गल्ती भएको बताए । घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख गोपी घिमिरेले उक्त उद्योगमाथि कारबाही गरिने बताए ।
annapurnapost.com
No comments:
Write comments