एजेन्सी –बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरुनिकट ब्यक्तिबाट चुहिन थालेको छ । सँगै बस्न दुबैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गर्न अप्ठ्यारो परेजस्तो देखिने गरेको छ । कट्रिनासँग आफू भएका बेला फोटो खिच्ने फोटोग्राफरलाई रणवीरले फेरि ‘मिसबिहेभ’ गरेका छन् । यसअघि पनि पटकपटक उनीबाट यस्तो हर्कत प्रदर्शन भइसकेको छ । हालसालै रणवीर र कट्रिना दिबंगत बलिउड निर्देशक रवि चोपडासमक्ष श्रदाञ्जली अर्पण गर्न चोपडाको घर पुगेका थिए । दुबै सँगै बसेका थिए । श्रदाञ्जली अर्पण गरेर चोपडा निवासबाट बाहिर निस्कने क्रममा एक फोटो ग्राफरले उनीहरुलाई फलो गर्न थाल्यो । फोटोग्राफरले आफूहरुको फोटो खिचिरहेको थाहा पाएपछि रणवीरको कन्पारो तातेछ । उनले फोटोग्राफरलाई तथानाम गाली गर्दै एकाएक खेद्द थाले । उनले फोटोग्राफरलाई फेला पारेनन् । उनले फोटोग्राफरको व्याग फेला पारे र लिएर गए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Rato Pati
Saturday, November 15, 2014
कट्रिनासँग आफू भएका बेला रणवीरले फोटोग्राफरलाई लखेटेपछी...
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments