top_rightads

Tuesday, November 4, 2014

फिफाद्धारा एन्फा अध्यक्ष गणेश थापा निलम्बित

 



काठमाडौं, कार्तिक १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष एवं एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष गणेश थापाले चार महिनासम्म फुटबलका कुनै पनि गतिविधिमा सक्रियता नजनाउने भएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले आफ्नो वेबसाइटमा चार महिना अर्थात् एक सय २० दिनसम्म थापाले कुनै पनि फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न नहुने जनाएको उल्लेख गरेको छ ।

फिफाले थापाका बारेमा यसबाहेक थप जानकारी दिन नमिल्ने जनाएको छ ।

एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वको टिमले एन्फामा घोटाला भएको भन्दै छानबिनको माग गरेसँगै सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेका छन् ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छानबिन भइरहेको भन्दै यसअघि दुई महिना फुटबलका गतिविधिबाट टाढै रहन आदेश दिएको थियो ।

फिफा समक्ष थापाले चार महिना फुटबलका गतिविधिबाट टाढा रहेको जनाएपनि पत्रकार सम्मलेन गर्दै केही दिनअघि स्वेच्छिक रुपमा आफ्नो काम वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले हेर्ने निर्णय गर्दै दुई महिना टाढै रहने बताएका थिए ।


imagekhabar.com/

No comments:
Write comments