top_rightads

Saturday, November 8, 2014

अन्ततः काठमाडौंमा एमाओवादी फुट्यो, भट्टराई पक्षको अलग कमिटि

 

८ पटक

Kathmandu- bhattaraiकाठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराई पक्षले समानान्तर समिति घोषणा गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर भट्टराई पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षता र हिमाल शर्मा उपाध्यक्ष रहेको समानान्तर समिति गठन गरेको हो ।
जिल्ला सम्मेलनको नाममा भट्टराई पक्षले ५१ सदस्यीय समिति घोषणा गरेको हो । पछिल्लो पटक एकीकृत नेकपा माओवादीमा देखिएको विवादसंगै दुई दर्जनभन्दा बढि जिल्लामा समानान्तर समिति गठन भइसकेका छन् ।
यता काठमाडौं जिल्ला अध्यक्ष रहेका हिमाल शर्माले भने समानान्तर कमिटि गठन गर्नु गुटको चरम उत्कर्ष भएको बताएका छन् ।
नेपाल सन्देशसँग कुराकानी गर्दै उनले हिजो आफूलाई सर्वसम्मत अध्यक्ष बनाउनेहरुले नै अर्को समानान्तर जिल्ला समिति गठन गर्नु हास्यास्पद भएको बताए ।
‘म अध्यक्षलाई उपाध्यक्ष बनाइयो रे, त्यो पनि दश जना जिल्ला सदस्यको भेलाबाट,’ उनले भने, ‘यो पार्टी ध्वस्त गर्ने नमुना हो ।’
Baburam bigyapti kathmandu
- www.nepalsandesh.com/2014/08/20/100916#sthash.aAlX9ZYm.ecYrO5mG.dpuf

No comments:
Write comments