top_rightads

Saturday, November 8, 2014

एनिभर्सरीकै दिन ईकुको डिभोर्स !

 

डिभोर्स लाईफ जिउने सेलिब्रेटीको लिष्टमा ईकु (शुलेमान शंकर) पनि थपिएका छन् ।
पाँच बर्ष अघि पोखराकी जया केसीसंग मागी विवाह गरेका ईकुको गत असारमा डिभोर्स भएको एक्सक्लुसिभ खबर न्यूज फिल्मीलाई प्राप्त भएको हो ।
प्राप्त खबर अनुसार गत असार १७ गते पाँचौ एनिभर्सरीको रात उनीहरुले आधिकारिक रुपमा छुट्टिने निर्णय गरेका हुन । छुट्टिने निर्णय संगै उनीहरुले असार २२ भित्र डिभोर्स पेपरमा साईन गरेका थिए । ‘हो हामी छुट्टिसक्यो तर यो बिषयमा म बोल्न चाहन्न’  ईकुले न्यूज फिल्मको प्रश्नमा जवाफ दिएका छन् ।
प्राप्त खबर अनुसार ईकुको श्रीमतीको अफएयर केही समय देखि कतारमा बस्दै आएका एक नेपाली युवकसंग चलेको थियो जुन कारणनै उनीहरुको डिभोर्स भएको हो ।    सुत्र अनुसार ब्याफ्रेण्डसंग फेसबुक र भाईबरमा जयाले गरेको माया प्रेमको सम्बादलाई ईकुले देखेपछि उनीहरु अलग्गिएका हुन । डिभोर्स हुनुको प्रमुख कारणनै जयाको प्रेमी भनिएको छ ।
 फिल्म ईकु २ को एक दृश्यमा जया र शुलेमान
फिल्म ईकु २ को एक दृश्यमा जया र शुलेमान
यस्तै सुत्रका अनुसार चार पटक सम्मको ठूलो डिस्कस पर्दा सम्म उनीहरुको सम्बन्ध कम्प्रमाईजमा चलेको थियो तर पाँचौ पटकको ठूलो डिस्कश पछि उनीहरुले अलग्गिने बाटो रोजेका हुन । पाँचौ पटकको डिस्कश पाँचौ एनिभर्सरीका दिन भएको सुत्रको भनाई छ ।
यस्तै कमलपोखरी स्थित सिटी सेन्टर मलमा जया र उनको प्रेमीलाई ईकुले डेटिङका क्रममा देख्नु पनि डिभोर्सले मुर्त रुप पाउनु सुत्र बताउछ ।  हास्य टेलिसिरियल मेरी बास्सैमा ईकु क्यारेक्टरको जन्म भए संगै शुलेमानको चर्चा मनोरञ्जनको दुनियामा भएको थियो र त्यस पश्चात शुलेमानले ईकु नामक फिल्म पनि बनाए जसले ब्यावसायिक रेकर्ड पनि बनायो र सोही रेकर्डसंगैको पोखरामा अयोजित एकाउन्ने दिने सफलताको कार्यक्रममा जयासंग ईकुको भेट भएको थियो अनि चर्चमा पुगेर विवाह पनि ।
जया ईकुसंग अलग्गिएको करिब ४ महिना भईसकेको छ । उनलाई ईकुले निकै माया गर्दथे तर ईकुको  ट्रु (True)   लभको अगाडी ब्यायफ्रेण्डको लभलाई ठूलो मानेपछि जयालाई ईकु आफैले तिमि उसैसंग जाऊ तिम्रो सुखी जीवनको सधै कामना गर्दछु भनी डिभार्स दिएका हुन ।
जयासंगको सम्पर्क सुत्र नभेटिएकाले उनको भनाईलाई हामीले राख्न सकेका छैनौ । अभिनयमा रुची राख्ने जयालाई मुख्य हिरोइनमा लिएर ईकुले ईकु ब्याक अगेन नामक फिल्म पनि बनाए तर विडम्बना ७० लाखको सो फिल्म फल्प भएसंगै उनीहरु बीचको खटपटी सुरु हुन थालेको थियो अनि पाँचौ बर्षमा आएर डिभोर्स पनि  ।
विवाहको तस्बिरमा
विवाहको तस्बिरमा

No comments:
Write comments