बलिउडका बादशाह साहरुख खान ब्रान्ड भ्यालुको मामालामा पनि नम्बर १ देखिएका छन् । अमेरिकी र्फम अमेरिकी अप्रेजलले यो मुल्यांककन गरेको हो । तथ्यांकका आधारमा भारतका १५ जना सेलिब्रेटीको ब्रान्ड भ्यालु ८२ करोड डलर छ । पहिलो नम्बरमा रहेका साहरुख खानको ब्रान्ड भ्यालु १८ करोड ४९ लाख डलर छ । सेलिब्रेटीको ख्याती, उसको इज्जत र प्रतिष्ठाका साथै बिज्ञापनबाट उनीहरुले कमाउने रकमको आधारमा यो तथ्यांक निकालिएको हो । साहरुखले सन् २०१३-२०१४ मा विज्ञापनबाट मात्र १ हजार १ सय करोड कमाएका छन् । जुन उनको बर्षभरीको आम्दानीको लगभग आधा हो । दोश्रो नम्बरमा रहेका नायक रणवीर कपुरको भ्यालु १२ करोड ९४ डलर छ । यस्तै, तेश्रो नम्बरमा रहेका क्रिकेटर महेन्द्र सिंह धोनीको ७ करोड १९ लाख डलर, चौथो नम्बरमा रहेका अर्का क्रिकेटर विराट कोहलीको ५ करोड ६४ लाख डलर ब्रान्ड भ्यालु छ । अर्को बलिउडका चर्चित नायक अमिर खान पाचौ नम्बरमा छन् जसको ब्रान्डको भ्यालु ५ करोड ४९ लाख छ । यसैगरि क्रमश ः सलमान खान, दीपिका पादुकोण, ऋतिक रोशन, कटि्रना कैफ र करिना कपुर छैटौ, सातौ, आठौ, नवौ र दशौ नम्बरमा छन् । पश्चिमेली देशमा हलिउड स्टारको भन्दा खेलाडीको ब्रान्ड भ्यालु अगाडि देखिन्छ । तर, बलिउडमा भने साहरुख खानले सबैलाई उछिनेका छन् । - See more at: http://www.onlinekhabar.com/2014/11/203229/#sthash.SoJYNKgu.dpuf
Tuesday, November 4, 2014
ब्रान्ड भ्यालुमा साहरुख नम्बर १, रणवीरले सलमान र अमिरलाई उछिने

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments