बलिउडका सुपरस्टार द्वय सलमान र आमिर खानबीच राम्रो सम्बन्ध छ । उनीहरुले एक अर्काको चलचित्र खुलेर प्रचार पनि गर्छन् ।
तर सलमानकी बहिनीको विवाहको तयारी भैरहेको समयमा आमिर खानले आफूलाई सलमानकी बहिनीको विवाहको कार्ड नचाहिने बताएका छन् ।
आमिर रिसाएर यसो भनेका भने होइनन् उनले आफ्नो साथीकी वहिनीको विवाहमा कार्ड नचाहिने आफै त्यसै जाने भन्दै यसो भनेका हुन् ।
पछिल्लो समय सलमान वहिनीको विवाहमा ब्यस्त छन् । उनले शाहरुख खान देखि अन्य सेलिब्रेटीहरुलाई विवाहको कार्ड पठाइसकेकका छन् ।
सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बहिनीको विवाहमा निम्तो दिएका छन् ।
nepaliheadlines.com
No comments:
Write comments