अमेरिका जान लगातार डिभी चिठ्ठा भर्दा-भर्दा नपरेर वाक्क हुनुभएको छ भने यो व्लग पढ्दै गर्दा अलिक रिस पनि उठ्न सक्छ । लागेको होला सगैँका साथीभाईलाई चिठ्ठा भरेको पहिलोरदोश्रो चोटीमै फ्याट्ट परेर गईसके , आफुलाई भने कहिल्य परेन ।
निराश नहुनुस् तपाईको पालो अव पनी हुनसक्छ । किनकी सन् २०१४ मा अमेरिका जान डाईभर्सिटी चिठ्ठा पर्नेको सुचीमा नेपाल अग्र स्थानमा छ । अमेरिकामा वस्दै आउनुभएका व्लगर राजेश कोईरालाले सेप्टेम्वर सन् २०१३ को भिसा वुलेटिनलाई आधार मान्दै हालै आफ्नो व्लग कोईराला डटकम डटएनपीमा तथ्याकं सहितको जानकारी उल्लेख गर्नुभएको छ । सन् २०१४ को लागी नेपालका ६ हजार ८२ जनालाई डिभी चिठ्ठा परेको छ । यो नै सवैभन्दा वढी हो । नेपाल पछि सवैभन्दा वढी चिठ्ठा पर्ने देशमा नाईजेरिया रहेको छ । त्यहाँका ६ हजार ४२ जनालाई डिभी चिठ्ठा परेको थियो । त्यस्तै सवैभन्दा वढी डिभी चिठ्ठा पर्ने उत्कृष्ठ दश देशको अन्तिम स्थानमा भने क्यामरुन छ , ४ हजार २ सय ६८ जनालाई यो चिठ्ठा परेको छ । अक्टोवर २ देखी नोभेम्वर ३ सन् २०१२ सम्म विश्वभर ५५ हजार व्यक्तिको लागी दर्ता आवह्रान गरिएकोमा १ करोड ४६ लाख ३३ हजार ७ सय ६७ जनाले अमेरिका जान ईच्छुक छु भन्दै चिठ्ठा भरेका थिए ।
अमेरिकामा के कति नेपाली ?
मेरो कलम व्लग पढ्ने पाठक पनी नेपाल पछि अमेरिकामै छन् । प्राय अनलाईन पोर्टलहरु नेपालमा र त्यसपछि अमेरिकामा वढी हेरिन्छन् । लाग्छ , वाफरे कति गएका रैछन् त अमेरिका । नेपालमा ईन्टरनेट प्रयोगकर्ता उल्लेख्य मात्रामा नहुनु र अमेरिकामा गएका नेपालीले ईन्टरनेट सुविधा प्रयोग गर्न नछुट्नुले पनी यस्तो देखिएको हुन सक्छ । सन् १९९० को जनगणनामा नेपालीको सख्या २ हजार ६ सय १६ थियो । सन् २०१० को जनगणना सम्म आईपुग्दा ५९ हजार ४ सय ९० पुगेको तथ्याकं छ । त्यस्तै २०१३ को जुलाई अन्तिम सम्म आईपुग्दा अमेरिकामा पुर्नस्थापित भुटानीहरुको सख्या ६८ हजार नाघेको राजेश कोईरालाले ब्लगमा उल्लेख गर्नुभएको छ ।
No comments:
Write comments