top_rightads

Sunday, November 16, 2014

करोडौं पारिश्रमीक लिने १० बलिउड सेलिब्रेटी : एक अरब लिन्छन् सलमान खान

 

बलिउडका सेलिब्रेटी कलाकारहरु फिल्मी क्षेत्रमा त जमेकै छन। कोहीको आफ्नै फिल्म प्रोडक्सन कम्पनी पनि छन र त्यसै मार्फत फिल्म बनाउने गर्छन। कोही भने अरुको प्रडक्सन हाउस मार्फत फिल्मी दुनियामा आफ्नो प्रभाब जमाइरहेका छन्। यस्ता बलिउड सेलिब्रेटीले आफ्नो एक्टींगबाट कति कमाउछन भन्ने कुरा चाहि कमैलाई थाहा हुन सक्छ। यहाँ १० सेलिब्रटीको कमाइ तथा पारिश्रमीकको बारेमा चर्चा गर्न लागिएको छ।
  
सलमान खान
दबंग खान अर्थात सलमान खान पारिश्रमीकको मामलामा सबैभन्दा अगाडि छन। सलमानको नाम नै फिल्म चल्ने ग्यारेण्टी भएको छ। उनका कयौं फिल्मले १०० करोड क्लबमा नाम दर्ता गरिसकेका छन। सुत्रका अनुसार सलमान खानले आफ्नो पारिश्रमिक पनि अब १०० करोड बनाएका छन।
Salman Khan2


आमिर खान
मिस्टर परफेक्सनिस्ट अर्थात आमिर खान बलिउडका एक यस्ता कलाकार हुन जसको फिल्मले २०० करोड भन्दा पनि धेरै कमाई गरिसकेको छ। उनको फिल्म हे्र्नको लागि दर्शकहरु आतुर हुन्छन। 'धुम ३' मा धुम नचाउने आमिर कुनै फिल्ममा काम गर्दा ४५ करोड लिने गर्छन।
aamir-khan

शाहरुख खान
बलिउडका बादशाह किंग खान अर्थात शाहरुख खान 'चेन्नई एक्सप्रेस' पछि अझै रफ्तारमा दौडिरहेका छन। उनको फिल्मले बक्स अफिसमा धमाल मचाउने गर्छ र दर्शकहरुले पनि किंग खानको एक्टींगलाई औधि मन पराउछन। उनको कुनै पनि फिल्ममा काम गर्नको लागि ३५ देखि ४० करोड सम्म लिने गरेका छन।
shahrukh-khan

अक्षय कुमार
कमेडी र एक्सन किंग मानिने अक्षय कुमार का कयौं फिल्म हिट भएका छन। यी कमेडी हिरोले फिल्ममा काम गरेको पारिश्रमीक भने ३० करोड रहेको छ। सुत्रका अनुसार उनी फिल्मी इन्ड्रस्टीमा जेरोबाट शुरु भएका हिरो हुन्।
akshay kumar photo

ऋतिक रोशन
अरु भन्दा फरक लुकका ऋतिक रोशन हिन्दी सिनेमाको बक्स अफिसका सुपरम्यान भईसकेका छन। कृष, धुम तथा जोधा अकबर जस्ता फिल्मले उनको फिल्मी करियर नै धेरै माथि पुगिसकेको छ। ऋतिकले आफ्नो एक्टिंगको बदलामा लिने पारिश्रमीक भने २५ करोड रहेको छ।
Rithik Roshan Krish

अजय देवगन
बलिउडमा सबैभन्दा फरक पहिचान बनाएका अजय देवगन आफ्नो भुमिकाले दर्शकलाई आश्चर्यमा पार्ने गर्छन। उनले फिल्मको लागि भने १० देखि १५ करोड सम्म लिने गरेका छन।
Ajay-Devgan

शाहिद कपूर
विभिन्न हिरोइनसँग नाम जोडिएका शाहिद आर राजकुमारको सफलता पछि अझै डिमान्ड गर्ने हिरोमा गनिएका छन। आफ्नो पारिश्रमीकको लागि कसैसँग सम्झौता गर्ने गरेका छैनन्। शाहिदले एउटा फिल्म गरे वापत १० देखि १२ करोडसम्म लिने गरेका छन।
Shahid Kapoor1

सैफ अली खान
पारिश्रमीकको मामलामा सैफ अली खान पनि कम छैनन्। उनले आफ्नो हरेक फिल्ममा ६ देखि ८ करोड सम्म लिने गरेका छन।
saif-ali-khan

रणबीर कपूर
रकस्टार रणबीर कपूरले आफ्नो एक्टिंगबाट बलिउडमा छुट्टै ठाउँ बनाइसकेका छन। एक भर्साटाईल हिरोको रुपमा पनि आफूलाई प्रमाणित गरिसकेका चक्लेट हिरो रणबीरले एक फिल्मको पारिश्रमीक ६ देखि ८ करोड लिईरहेका छन।
Ranbir-Kapoor

अमिताब बच्चन
कुनै जमानामा एकछत्र रुपमा बलिउडमा राज गर्ने बिग बी को लोकप्रियता अहिले पनि घटेको छैन। उनी अहिले पनि फिल्मी क्षेत्रमा लागि परेका छन। एक फिल्मको लागि उनले ५ देखि ६ करोड अहिले पनि लिईरहेका छन।
Amitabh-Bachchan

: http://www.nepaliheadlines.com/2014-03-12-15-41-37.html#sthash.5fYvbWqW.dpuf

No comments:
Write comments