top_rightads

Saturday, November 22, 2014

राजतन्त्र र हिन्दुराष्ट फर्काउन मुम्वईमा गोप्य छलफल भैरहेको खुलासा

 

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय संस्थापन पक्षका नेताहरुसँग दिल्लीमा गोप्य भेट गरेको दुई साता नवित्दै संबैधानिक राजतन्त्र र हिन्दुराष्ट पुनस्थापनका लागि शिवसेना नेपालले मुम्वईमा अर्काे गोप्य भेला गरेको छ ।


भारतबाट प्रकासित हुने नेपाल दर्पण दैनिकका अनुसार शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले हिन्दुराष्ट र संबैधानिक राजतन्त्र पुनस्थापनाका लागि सद्गुरु राहुलेश्वरानन्दसँग छलफल गरेका छन् । सद्गुरु राहुलेश्वरानन्दले हिन्दुराष्ट पुनस्थापनका लागि नेपाल र भारतमा रहेका हिन्दुवादी संगठनहरुको भेला बोलाएका थिए । दुई दिनसम्म उक्त भेला सञ्चालन भएको स्रोतले बताएको छ ।

अध्यक्ष बस्नेतसहित ४४ जनाको समुह मुम्वईमा छ । उनीहरुले त्यहाँ रहेका नेपालीहरुसँग पनि हिन्दुराष्ट र राजतन्त्र पुनस्थापनका लागि छलफल गरेका छन् । टोलीमा रक्षा बाहिनी प्रमुख चिरन प्रताप पनि सहभागि भएका छन् ।

No comments:
Write comments