बंगलादेशकी चर्चित अभिनेत्री स्वास्तिका मुखर्जी सिंगापुरमा चोरी आरोपमा पक्राउ परेकी छिन् । चलचित्र 'डिटेक्टिव ब्योमकेश बख्शी' बाट बलिउडमा प्रवेश गर्न लागेकी अभिनेत्री सिंगापुरमा एक गहना पसलमा चोरी गरेको फेलापरेपछि उनलाई पक्राउ गरिएको हो । सिंगापुरमा एक फिल्म फेष्टिबलमा सहभागी हुन गएको समयमा उनले एक पसलबाट सुनको गहना चोरेकी थिइन् । उनले सस्तै मूल्यको झुम्का चोरेको दृष्य सिसिटिभीमा कैदभएपछि उनलाई पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन् । यद्यपी स्वास्तिकाले आफूले उक्त झुम्का किनेर ब्यागमा राखेको दावी गरेकी छिन् । तर उनले किनेको बिल देखाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । - See more at: http://nepaliheadlines.com/2014-11-04-11-20-24.html#sthash.47aFWdun.dpuf
No comments:
Write comments