top_rightads

Friday, November 21, 2014

अग्लो हिल लाएका महिला पुरुषलाई मन पर्ने नया तथ्य सार्बजनिक

 

हालै प्रकाशित एक शोधमा अग्लो हिल भएको चप्पल लगाउने महिला पुरुषलाई सबै भन्दा बढी मन पर्ने देखाएको छ ।


पुरुषलाई कस्ती महिला मन पर्छन् भनेर गरिएको अध्यनमा अग्लो हिल लगाउने महिला पुरुषलाई मन पर्ने पत्ता लागेको हो । फ्रान्सको यूनिवर्सिटी डी ब्रेटेंगे सुडका शोधकर्ताहरुले अध्यनका क्रममा अग्लो हिल लगाउने महिला प्रति पुरुषको आकर्षण बढी हुने पत्ता लगाएका हुन् ।



शोधकर्ताहरुले निकोलस ग्वेगुएनले महिलाको हिल को साइज अनुसार पुरुषको ब्यवहार फरक पर्ने बताए । शोधका क्रममा फरक फरक साइजका हिल लगाएका महिलाप्रति पुरुषकहरुको आकर्षण बारे अध्यन परीक्षण गरिएको थियो ।


शोधका क्रममा होंचा र सामान्य जुत्ता लगाएका महिलाले मद्दत मागे पनि पुरुषले कम वास्ता गरेको र अग्लो चप्पल लगाएका महिलाको नजिक हुन मन पराएको पाइयो ।

यो शोध अर्काइव्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित छ ।एजेन्सी


No comments:
Write comments