आँखामा संक्रमण भएर उपचारमा आएका आसाम उदलगुडीका ४० वर्षीय उपेन वोडो दायाँ आँखाबाट चिकित्सक टोलीले २६ मिलिमिटर लामो जुका निकाल्दा चकित भए । 'आँखामा चुका पर्छ भन्ने थाहै थिएन', उपचारपछि वोडोले भने,'अचम्म लागिरहेको छ ।
काँकडभिट्टा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. वालकुमार केसीले विहीवार राति शल्यक्रिया गरी वोडोको आँखावाट जुका निकालेका हुन् । डाक्टर केसीका अनुभवमा आँखावाट यत्तिका लामो जुका निकालिएको पहिलो पटक हो । उनका अनुसार आँखामा जुका भेटिनु दुर्लभ हो ।
केसीले कहिले काहि भारतमा आँखामा चुर्ना भेटिएको भएपनि आँखाको नानीवाटै त्यो पनि निक्कै लामो जुका भेटिनु अपवाद भएको बताए । 'जीवनमा आँखाका धेरै शल्यक्रिया गरियो', उनले सुनाए,'तर वयश्क जुका नै निकालेको पहिलो अनुभव हो ।' केसी विगत तीन दशक वढी समयदेखि आँखा उपचारमा संलग्न छन् ।
केसीका अनुसार वोडोको आँखाको नानीमा फेरो लगाएर जुका वसेको थियो । यो जुकाालाई राउण्ड वार्म पनि भनिन्छ । शरीरमा जुका वढी भएपछि यो जातिको जुका चाहि टाउको हुदै रक्तनलीको सहायताले आँखासम्म पुग्ने गरेको केसीको भनाई छ । 'आँखावाट मस्तिष्कतिर पुगेको भए विरामीको ज्यानै जाने सम्भावना थियो', केसीले भने,'धन्न मस्तिष्कतिर जान नदिदै निकाल्यौ ।'
केसीकै नेतृत्वको टोलीले जुकालाई शल्यक्रियावाट जुका ज्युदै निकाल्यो । 'आँखाभित्रै जुका मरेको भए पनि विरामीलाई समस्या हुन्थ्यो', केसीले भने,'तर, हामीले त्यसो हुन दिएनौ, ज्युदै निकाल्यौ ।' आँखाको नानीमा जुका कसरी पुग्यो ? भनेर अनुसन्धान थालेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
'शरीरकै हो या कुनै जीववाट प्रवेश भएको हो ?', उनले भने,'त्यो पनि वुझ्दैछु ।' नानीमा जुकाले फेरो लगाएर वसेका कारण केही समयदेखि आँखाको ज्योति पनि गुमाएका वोडो शल्यक्रियापछि विस्तारै देख्न थालेको भन्दै खुसी छन् ।
http://www.nepaliheadlines.com/2014-11-15-01-14-21.html#sthash.GjAP6Tul.dpuf
No comments:
Write comments