नेपाली युवा आरोही सन्जय पण्डीतले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टोबाट चढेर नयाँ कीर्तिमान बनाएका छन ।
लामो दूरीका धावक सन्जय पछिल्लो समय किर्तिमानी आरोहीका बनेका छन् । अफ्रिकाको चुचुरोमा छिटो चढेका उनले युरोपको सवोच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाएका थिए ।
विश्वका सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एििया,युरोप,अफ्रिका र अस्टे«लियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन् । अब उनको लक्ष्य अमेरिकाको डेनाली रहेको छ ।
‘नेपालबाटै अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्को उल्टो हिँडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न नसकिने डर थियो’, सञ्जयले भने, ‘तर त्यो सम्भव भयो ।’
राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपीमा उल्टो आरोहण गरेका सन्जयले माउन्ट कोजियस्कोको आधार शिविर थ्रेड्बोवाट चुचुरोसम्मको यात्रा रोमान्चक रहेको बताए ।
‘यो सम्भवतः विश्वकै नयाँ कीर्तिमान हुन सक्छ, आजसम्म कसैले उल्टोबाट यो हिमाल आरोहण गरेको छैन’, सञ्जयले भने, ‘त्यसैले पनि यसलाई मैले कीर्तिमानका रुपमा लिएको छु ।’
भिडियो र फोटोसहितको प्रमाणसहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि पठाउने उनले बताए । आरोहणपछि सन्जयलाई अस्टे«लियाको क्यानबेरास्थीत नेपाली राजदूतावासमा राजदुत रुद्र नेपालले बधाइ दिँदै सम्मान गरेका थिए ।
आधार शिविरबाट सिड्नीका नेपाली उद्यमी तथा प्यासेफिक कलेजका प्राचार्य प्रदीप ढकालले राष्ट्रिय झण्डा र कलेजको ब्यानर दिएर सन्जयको कीर्तिमानी उल्टो आरोहणको सुभाराम्भ गरेका थिए ।
उनको आरोहणदलमा पुराना क्यामरापर्सन शयम्भुराज डंगोलले छायांकन, पवन दाहाल र पारस सुबेदी सम्मिलित थिए । यसअघि सञ्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालको सफल आरोहण गरिसकेका छन ।
विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक चढेका उनी त्यसपछि विश्वका अन्य सर्वोच्च शिखर चढ्ने अभियानमा लागेका हुन् । उनले अफ्रिकाको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कर्तिमान कायम गरे ।
सन्जयले युरोपको सर्बोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नया बिश्व कीर्तिमान कायम गरे ।
यस पटक उनले अस्टे«लियाको उच्च शिखर माउन्ट कोजीयस्कोको उल्टो आरोहण गरेर अर्को कीर्तिमान कायम गरेका छन । सञ्जयको यो आरोहणको संयोजन सन्चारकर्मी हेमन्त काफ्लेले गरेका थिए ।
annapurnapost.com
No comments:
Write comments