हालै फोर्व्स म्यागजिनले सार्वजनिक गरेको दुनियाँका शक्तिाशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १ नम्बरमा परेका छन् ।
पुटिन विगत २ वर्ष देखि यो सूचीको शीर्ष स्थानमा छन् । सन् २०१२मा सार्वजनिक एक रिपोर्टका अनुसार पुटिनले वर्षेनी आफ्नो जीवन शैलीका लागि २ दशमलव ५ अर्व डलर खर्च गर्छन् ।
पुटिन एक जवरजस्त नेता मात्र होइनन् उनी उनको जीवन शैली र फिटनेसका लागि समेत चर्चित छन् ।
६२ वर्षका पुटिन आफै खेलाडी पनि हुन् उनी समय समयमा जिन्स प्यान्ट लगाएर शिकार खेल्न पनि जान्छन् जंगलतिर । उनी आफैमा एक लडाकु र पाइलट समेत हुन् ।
पुटिनका २० दरवार
राष्ट्रपति भ्लादिमिर पुटिनसँग २० विशाल दरवार छन् । उनले दक्षिण पूर्वी युरोपको ब्ल्याक सीको तटीय क्षेत्रमा ९५० मिलियन डलर पर्ने घर किनेपछि विश्वभरी हेडलाइन बनेका थिए । पुटिनको राजधानी मस्को सहित अन्य विभिन्न स्थानमा ठूला ठूला बंगाला छन् । त्यतिमात्र नभएर उनको युरोपका फिनल्याण्ड लगायतका देशमा समेत घर छन् ।
५८ वटा हवाइ जहाज
राष्ट्रपति पुटिनका साथमा एउटा दुईटा होइन ५८ वटा हवाइजहाज छन् । उनीसँग १५ बटा हेलिकोप्टर समेत छन् । उनीसँग विश्व चर्चित 2 फेल्कन एग्जीक्यूटिव जेट्स, १ एयरबस र एक Ilyushin Il-96 एयरलाइनर समेत छ ।
यो इयरलाईनको शौचालयको डिजाइनको विषयमा समेत पुटिनको नाम जोडिएको थियो । यसको शौचालय डिजाइनमा मात्र ७५ हजार डलर खर्च भएको चर्चा त्यतिबेला चलेको थियो ।
७०० विलाशी कार
पुटिनका साथमा ७०० भन्दा बढी विलाशी सुविधायुक्त कार रहेको बताइन्छ । उनको साथमा चर्चित ब्राण्डहरु मर्सिडीज बेञ्ज देखि S-क्लास स्ट्रेच ल्यूमोजिन, मर्सिडीज E-क्लास, S-क्लास मोडल र BMW 5-Series , वोक्सवेगन लगायतका चर्चित ब्राण्ड रहेका छन् ।
पानी जहाज पनि निजी
पुटिनसँग विमान र कार मात्र होइन पानी जहाज पनि निजी छन् । उनीसँग ४ विलाशी सुविधा युक्त पानी जहाज छन् । उनलाई यी सबै जहाज रुसका अर्वपतिहरुले उपहारस्वरुप दिएका हुन् । सबै जसो जहाजमा स्वीमिङ पुल देखि बगैंचा सम्मका सुविधा छन् ।
७ करोडको घडी
पुटिनले सबैभन्दा महंगो घडी बनाउने जर्मनीको कम्पनीको घडी लगाउँछन् । उनीसँग करिव ७ करोड पर्ने घडी छ । उनीसँग ११ वटा यस्ता मंहगा घडी भएको बताइएको छ ।
घोडचडीका पारखी
भ्लादिमिर पुटिन चर्चित खेलाडी पनि हुन् । उनी घोडचडी देखि शिकारमा जान्छन् । उनले खेलेका तस्विर समय समयमा चर्चित बन्ने गरेका छन् ।
ब्ल्याक बेल्ट
पुटिन जुडोका खेलाडी हुन् उनी यसमा ब्ल्याक बेल्ट हुने भने करातेमा समेत ब्ल्याक बेल्ट हुन् । उनलाई कोरियामा ९ औं डिग्रीको ब्ल्याकबेल्टसहित सम्मान गरिएको थियो ।
http://nepaliheadlines.com/
No comments:
Write comments