थाइल्याण्डमा लागूऔषध मुद्दा खेपिरहेका पूर्वयुवराज पारस शाहले आफ्नी प्रेमिका कन्निका चायसार्नप्रति फेरि आशक्ति देखाएका छन् । पछिल्लो पटक पारस पक्राउ परेपछि प्रेमिकासँग सम्बन्ध बिग्रेको थियो ।
अघिल्लो फेसबुक पोष्टमा आफ्नो पक्राउमा प्रेमिकाकै हात रहेको आशय उल्लेख गरेका पारसले बुधबार अर्को पोष्ट गर्दै प्रेमिकासित क्षमायाचना गरेका छन्, नयाँ पत्रिकामा खबर छ । उनले लेखेका छन्, ‘मेरी स्त्रीको विषयमा म गलत रहेछु । ममाथि समस्या उत्पन्न गराउाने उनी नै थिइन् भनेर सोंचेकोमा अनि जनतालाई पनि त्यही विश्वास दिलाएकोमा म दुःखी छु । सन् २०११ को सेप्टेम्बरदेखि अभिन्न रुपमा मसित रहेर हरेक दुःखसुखमा साथ दिएकी मेरी स्त्रीसित म अन्तरआत्मादेखि माफी माग्छु ।’ पारसले आफूलाई हृदयाघाट हुँदा कन्निकाले नै हस्पिटल पुर्याएको उल्लेख गर्दै लेखेका छन्, ‘यदि उनी मलाई समस्यामा देख्न चाहन्थिन् भने त्यतिबेला मलाई छाडेर भाग्न सक्थिन् ।’ उनले आफूलाई नेपाल फर्केको देख्न नचाहने शाही परिवारका सदस्य वा नजिकका ब्यक्तिले आफूविरुद्ध षड्यन्त्र गरिरहेको आरोप पनि लगाएका छन् । पारसको फेसबुक पोष्टमा कमेन्ट गर्नेहरुले भने उनको भनाइलाई समर्थन गरेका छैनन् । अधिकांशले उनलाई थार्इ प्रेमिकाको विश्वास नगर्न सल्लाह दिँदै सकेसम्म चााडो नेपाल फर्किन आग्रह गरेका छन् । प्रेमिकाले ज्यान बचाएको सन्दर्भमा एकजनाले लेखेका छन्, ‘सुनको फुल पार्ने कुखुरालाई कसले मार्न चाहन्छ ?’ http://www.nepaliheadlines.com/2014-11-13-01-15-47.html#sthash.Aw4FREYA.dpuf
No comments:
Write comments