Wednesday, November 5, 2014
कांग्रेस–एमालेको हालत पूर्वराजा ज्ञानेन्द्रको जस्तै हुने दाहालको चेतावनी
विराटनगर, कार्तिक १९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले शान्ति सम्झौता विपरित गए पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हालत हुने चेतावनी दिएका छन् । विराटनगरमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस र एमाले अवैधानिक तवरमा पूर्वराजा ज्ञानेन्द्र जस्तै गरी निरंकुश तरिकाले अघि बढेमा उनीहरुको हालत पनि पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै हुने दाहालको चेतावनी थियो ।
कांग्रेस–एमाले १२ बुँदे सम्झौता विपरित निरंकुश भएर अगाडि बढेमा उनीहरुमा निहित वैधानिक र राजनितिक अधिकार जनताले खोस्ने चेतावनी समेत दाहालले दिए ।
imagekhabar.com
No comments:
Write comments